गायिका प्रेमा सेर्पाको तेही देउरालीमा गीत सार्बजनिक

  ।   २०८० आश्विन २४, बुधबार १५:२५

नेपालगन्ज । गायिका प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको ‘तेही देउरालीमा’ बोलको गीत बजारमा आएको छ । काठमाडौको टुसालस्थित सेफ चोइस रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी गीत सार्वजानिक गरिएको हो । गायिका प्रेमा शेर्पा चटौतको अफिसियल युटुब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याइएको छ ।

गायिका शेर्पाको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शी गीतको म्युजिक भिडिओ विमोचन कार्यक्रम गायक एवम् संगीतकार कर्साङ लामाको सभापतित्वर नेपाल राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका अध्यक्ष दावाफिन्जो तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

पारीजात नेपालका व्यवस्थापक लीलाराज बानिँयाको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा सञ्चारकर्मी शरण हुमागाइले शुभकामना मनतव्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष दावाफिन्जो तामाङले आफू संगीत र यससँग सम्बन्धित क्ष्रेत्रको विकासको निम्ति लागि परेको बताउनु भयो । उहाँले गायिका प्रेमा शेर्पालाई गीतको सफलताको शुभकामना पनि दिनुभएको छ ।

सभापती कर्साङ लामाले सहकार्यमा उत्कृष्ट गीत बनेको र दर्शकहरुले मन पराउनेमा विश्वस्त रहेको बताउनु भयो । गायिका प्रेमा शेर्पाले आफुलाई साथ सहयोग र हौसला प्रदान गर्नुहुनेहरुप्रती आभार प्रकट गर्नुभएको छ । डीएनडी तामाङको शब्द, कर्साङ लामाको संगीत र संगीत संयोजन रहेको उक्त गीतलाई पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको म्यूजिक भिडियोमा उर्मिला कार्की, कर्साङ लामा, किरण श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय समावेश गरिएको छ । सन्तोष पराजुलीको प्राविधिक सहयोगमा रामेश्वर हुमाागाईंले छांयाकन गरेको म्युजिक भिडियोलाई राजु श्रेष्ठले निर्देशन गर्नुभएको हो । उक्त गीतमा बाल्यकालदेखिको माया र परिवारिक कारण बिछोड भएको कुरा समावेश गरिएको छ ।

Next Post

कर्णाली प्रदेश सरकारले इजरायलको आक्रमणमा परि मृत्यु भएका परिवारलाई ३ लाखको दरले राहत प्रदान गर्ने घोषणा

२०८० आश्विन २४, बुधबार १५:२५
नेपालगन्ज । कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठक बसि दक्षिण इजरायलकाे किबुज अलुमिय भन्ने स्थानमा प्यालेष्टाइनकाे हमास समूहले गरेकाे आक्रमणमा परि मृत्यु हुने कर्णाली प्रदेशका नागरीकका परिवारलाई ३ लाखको दरले राहत प्रदान गर्ने घाेषणा गरेको छ । यस्तै मृत्यु भएका सबैजना प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुकाे शिघ्र स्वास्थ्य लाभकाे कामना […]

सम्बन्धित शीर्षक