राष्ट्रिय जनगणना २०७८ : तेस्रो लिङ्गीले महिला लेख्ने की पुरुष ?

बाँकेमा ६० प्रतिशत हाराहारीमा महिला गणक खटिए

  ।   २०७८ कार्तिक २४, बुधबार १६:५४

  • प्रेम विश्वकर्मा, नेपालगंज ।

राष्ट्रिय स्तरमा संञ्चालित सबैभन्दा ठूलो आधारभूत तथ्यांक उत्पादन गर्ने एउटा महाउत्सव भोली कार्तिक २५ गतेदेखी नेपालमा शुरु हुदै छ ।

पहिलो चरणको जनगणना सूचीकरण पछि दोस्रो चरणमा ८० वटा प्रश्न समावेश भएको मुख्यप्रश्नावली लिएर गणक प्रत्येक घर–घरमा पुग्दै छन । जनगणनाको मूलप्रश्नावलीमा उत्तरदाताले आफू धैर्यभएर आफनो बस्तुस्थिती जे हो ।

त्यही नै टिपाउनु पर्छ गणकहरुलाई, पेपर पेन्सिल अर्थत निलो डटपेन गणकले अनिवार्य प्रयोग गरेको हुनुपर्छ । र एक पटक भरीसकेको विवरण फेरी केरमेट गरी सच्याउन मिल्दैन ।

एकै प्रक्रिया, समयमा शुरु गरिएको यो महाउत्सव अर्थत राष्ट्रिय जनगणना २०७८ का लागी सम्पुर्ण तयारी पुरा भइसकेको बाँकेका जिल्ला जनगणना अधिकारी बेद प्रसाद ढकालले बताउनुभयो ।

ढकालका अनुसार जनगणनाका लागी बाँकेमा ५८२ जना गणक र १४२ सुपरीवेक्षक खटिएका छन ।

नरैनापुरको लागी पालिका भवन, खजुरा–जानकीको लागी खजुरा, राप्तीसोनारीको लागी राप्तीसोनारी, नेपालगंजको लागी जिल्ला जनगणना कार्यालय, डुडुवाको लागी नेपालगंज २२ नम्बर वडाको उपस्वास्थ्य चौकी भवन गरी ६ वटा ठाउँमा स्थानीय जनगणना कार्यालय पनि स्थापना गरिएको छ ।

नरैनापुरमा कृष्णा कुमारी चन्द, राप्तीसोनारी सागर आचार्य, कोहलपुर रविलाल मिजार, खजुरा सुरेश साहु, नेपालगंज सिता सापकोटा र डुडुवामा ओम प्रकाश शाहीलाई स्थानीय जनगणना अधिकारी तोकिएको छ ।

जिल्ला जनगणना समन्वय समितिको संयोजक भने प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ ।

बाँकेका जिल्ला जनगणना अधिकारी बेद प्रसाद ढकालले भन्नुभयो, ‘तथ्यांक ऐन २०१५ अनुसार सबैका विवरणहरु गोप्य रहन्छन । जनगणनामा उपलब्ध गराईएका तथ्यांकका कारण कारागार जानुपर्यो, दण्ड सजायको भागीदार हुनु पर्यो, सरकारले मलाई करको घेरा भित्र पार्यो जस्ता यस्सै अर्थका कुरा हालसम्म कहीँ कतै छैन, हुदैन यो सत्य कुरा हो । त्यसैले तपाईले निर्धक्क भएर आफनो विवरणहरु उपलब्ध गराउनुहोला ।’

विगत ६ महिना भित्र जहाँ भातभन्सा गरेर बस्नुभएको छ, त्यहीबाट तथ्यांक संकलन गर्नुपर्छ । सूचीकरणमा महिला, पुरुष र अन्य लिङ्गी भनेर तथ्यांक लिइए पनि मूलप्रश्नावलीमा भने महिला र पुरुषको मात्र अब्सन राखिएको छ ।

तेस्रो लिङ्गीले महिला लेख्ने की पुरुष ? भन्ने जिज्ञासामा ढकालले भन्नुभयो, ‘जन्मिदा महिला वा पुरुष के थियो, जन्मिदाको आधारमा लेख्नुहोस भन्ने आग्रह छ ।’

घर–घरमा पुगेका गणक सँग भेट नभएमा वा विभिन्न कारणले विवरण भर्न छुटेमा ११७८ हटलाइन नम्बरमा फोन गरी अथवा नजिकको स्थानीय जनगणना कार्यालयमा सम्र्पक गरी आफना विवरणहरु भर्न सकिने जिल्ला जनगणना कार्यालय बाँकेले जनाएको छ ।

यसपटक बाँकेमा ६० प्रतिशतको हाराहारीमा महिला गणकहरु खटिएका छन । १२ औं राष्ट्रिय जनगणना २०७८ आगामी मंसिर ९ गतेसम्म चल्नेछ ।

यसैबीच, भोली कार्तिक २५ गते नेपालगंजमा बिहान प्रभातफेरी ¥यालीको आयोजना गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारीबाट जनगणनाको शुरुवात गर्ने कार्यक्रम तय भएको छ ।

Next Post

नोबेल पुरस्कार विजेता मलालाको वैवाहिक जीवन सुरु

२०७८ कार्तिक २४, बुधबार १६:५४
संवाददाता, काठमाडौँ । नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले वैवाहिक जीवन सुरु गर्नु भएको छ । छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरूले गोली प्रहार गरेपछि चर्चामा आउनु भएकी मलालाले पाकिस्तानकै एक युवकसँग बिहे गर्नु भएको हो । उहाँले आफ्नो वैवाहिक कार्यक्रम भने सानो इस्लामिक समारोहका बीचमा मङ्गलवार […]

सम्बन्धित शीर्षक