सुर्खेतको एक छात्र बास  भित्र झुन्डिएको अवस्थामा मृत बालक भेटिए

  ।   २०८० आश्विन १३, शनिबार २१:५९

सुर्खेत । सुर्खेतको एक छात्र बास भित्र एक जना बालक मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको छात्रा बासमा ८ वर्षीय बालक शुक्रवार साँझ झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।

मृत भेटिएका बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर रहेको प्रहरीले बताएको छ ।  सो विद्यालयमा कक्षा २ मा अध्ययनरत  मृतक बालकको शव अहिले सम्म नउठाएको स्रोतले बताएको छ  । घटना शंकास्पद रहेको भन्दै आफन्तहरुले लास उठाउन नदिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आक्रोशित भयर मृतकका आफन्तहरुले आन्दोलन गर्दा सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । त्यहाँ अहिले प्रहरी तैनाथ गरिएको छ । भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको सुचना विभिन्न संचार माध्यममा आएको छ । ८ वर्षीय बालक झुन्डिएको अवस्थामा  मृत फेला पर्नु सामान्य कुरा नभएको भन्दै मृतकका आफन्तहरुले सडकमा आन्दोलन चर्काइरहेका छन् ।   प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपला भट्टराईका अनुसार घटना शंकास्पद भएको र अनुसन्धान गरिरहेको बताउनुभएको छ ।

Next Post

बासको २०औं साधारण सभा तथा सामाजिक परिक्षण सम्पन्न

२०८० आश्विन १३, शनिबार २१:५९
नेपालगन्ज । बास नेपालको २०औं बार्षिक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य माननीय माया पुनको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले बासको आर्थिक बर्ष २०७९÷०८० को प्रगति तथा आर्थिक प्रतिबेदन पारित गरेको छ । साधारण सभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि […]