नक्कली शैक्षिक प्रमाणपत्रवाला डाक्टरहरु पक्राउ

  ।   २०८० श्रावण २६, शुक्रबार १३:१५

संवाददाता ।

नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंबाट थप एक जना चिकित्सकलाई पक्राउ गरेको सिआइबीका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुमेरू सिटी हस्पिटलका डाक्टर पुनम थापा चौधरी पक्राउ परेकी हुन् । उनलाई काठमाडौंस्थित घरबाट पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।

सिआइबीले मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित कांग्रेस सांसद सुनिल शर्मालाई पनि पक्राउ गरेको छ । डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह, डा. अमित चौधरी, डा. श्रद्धा शिल्पकार र डा. मनित चौधरी पनि पक्राउ परेका छन ।

सिआइबीले फक्सट्रट चार्ली अपरेशन देशभरि चलाएर नक्कली शैक्षिक प्रमाणपत्र लिने चिकित्सकहरूलाई पक्राउ गरिरहेको हो ।

सेतोपाटीबाट

Next Post

सन्दर्भ नेपालगंज उद्योग वाणिज्य संघको निर्वाचन ०२ भदौं २०८० । भिडियो सहित

२०८० श्रावण २६, शुक्रबार १३:१५
अध्यक्ष पदका उम्मेदवार टंक बहादुर धामी व्यंग्यात्मक शैलीमा भन्नुहुन्छ्, ‘हामीले २०७९ साउन २८ गते घरबारी टोलमा, ब्यापारीको पक्षमा उभिएर टेलर देखाईसकेका छौं । अब जितपछि नेपालगंज भन्सार कार्यालयबाट पुरा फिल्म देखाउन शुरु हुन्छ, पहिलो बैठक नै त्यही भन्सारबाट भुईमा बसेरै शुरु हुन्छ, संघको हलबाट हुदैन ।’ थप बुझ्न पुरा भिडियो […]