नेपालबाट १२ वटा देशमा १४ करोड रुपैयाँको चिउरा निर्यात

  ।   २०८० जेष्ठ २३, मंगलवार १२:५९

संवाददाता ।

नेपालबाट १० महिनाको अवधिमा १४ करोड रुपैयाँको चिउरा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९-८० साउनदेखि वैशाखसम्मको अवधिमा १४ करोड रुपैयाँको चिउरा निर्यात भएको हो ।

विभागका अनुसार ४ लाख ९ हजार २९२ किलोग्राम चिउरा निर्यात भएको छ । यस अवधिमा नेपालबाट विश्वका १२ वटा देशमा चिउरा जाने गरेको पाइएको छ ।

सबैभन्दा धेरै अमेरिकामा ७ करोड रुपैयाँको चिउरा निर्यात हुँदा अस्ट्रेलियामा ३ करोड ४५ लाख ३० हजार रुपैयाँको चिउरा निर्यात भएको छ । यस्तै, बेल्जियममा ३६ लाखको चिउरा निर्यात हुँदा इटालीमा १ करोड ३ लाख रुपैयाँको निर्यात भएको छ ।

यसका साथै, जापानमा ७१ लाखको र कोरियामा १२ लाखको चिउरा निर्यात भएको विभागले जनाएको छ । यस्तै, बेलायतमा ३१ लाख रुपैयाँको चिउरा निर्यात भएको छ । यसबाहेक, क्यानडा, हङकङ, भारत र मलेसिया लगायतका मुलुकमा समेत चिउरा निर्यात हुने गरेको छ ।

रातोपाटी डटकमबाट

Next Post

१३ बर्षिया किशोरी दिना थारुको उपचारमा आर्थिक समस्या

२०८० जेष्ठ २३, मंगलवार १२:५९
संवाददाता, बर्दिया । कक्षा ८ मा अध्ययनरत १३ बर्षिया किशोरीको जटिल खालको स्वास्थ्य उपचारमा आर्थिक समस्या भएपछि घरपरिवारले सहयोगको अपेक्षा गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ निवासी किशोरी दिना थारुको स्वास्थ्य उपचारमा आर्थिक समस्या परेपछि बुवा कृष्ण बहादुर थारु र आमा अनिता थारुले छोरीलाई बचाईदिन सार्वजनिक रुपमा […]