
संवाददाता, बर्दिया ।
बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ६, प्रगतिनगरमा वन्यजन्तु सूचना साक्षरता अभियान अन्र्तगत चिया कुराकानी श्रृखला सम्पन्न भएको छ ।
वनजंगल नजिक रहेका गाउँबस्ती, टोलका स्थानीय ब्यक्तिहरुलाई भेला गरी शुक्रबार सचेतनामूलक प्रशिक्षण दिईएको हो ।

डब्लु डब्लु एफको पहल, कारखाना समूहको आयोजना र टीएनएफएमडीजी, युवा गोचाली क्लवको स्थानीय समन्वयमा भएको सचेतनामूलक प्रशिक्षण कार्यक्रममा बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिका अन्र्तगत पर्ने विभिन्न गाउँटोलका स्थानीय ब्यक्तिहरुको सहभागीता रहेको थियो ।
वनजंगल नजिक बसोबास रहेका स्थानीय ब्यक्तिहरुलाई वन्यजन्तु, तिनको बानी ब्यवहार, जोखिम, वनजंगल जाँदा अपनाउनुपर्ने सावधानी लगायतका विभिन्न बिषयमा प्रशिक्षण दिईएको आयोजकले जनाएका छन ।
अपडेट…



