लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त

  ।   २०८० बैशाख ११, सोमबार १४:४५

संवाददाता, दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त हुनुभएको छ । आज बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो ।

उहाँको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उहाँले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाउनुभयो ।

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् ।

माओवादी लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था अनुसार विश्वासको मत लिन लिनुभएको हो ।

सत्तारुढ दलहरुले चैत्र १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी छ ।

अनलाइन खबर डटकमबाट

Next Post

Transport : A key engine for economic growth

२०८० बैशाख ११, सोमबार १४:४५
Correspondent 24 April 2023. A total of 34,072 kilometers of roads have been constructed across the country as of January, according to the Ministry of Physical Infrastructure and Transport. Of these, 17,352 kilometers have been blacktopped, and the remaining 16,721 kilometers are graveled roads. The total length of roads built […]