पवित्र महिना रमदानको अवसरमा अध्यक्ष शाहद्धारा शुभ कामना

  ।   २०७९ चैत्र १०, शुक्रबार २०:५८


नरैनापुर १० चैत्र । बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानले विविध धर्म र संस्कृति अँगाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना दिनु भएको छ । शुभकामना दिदै अध्यक्ष शाहले पवित्र महिना रमदानको अगमनसँगै शान्ति र भाइचाराको सन्देश प्रवाह गर्दै यस पर्वका अवसरमा विश्वभरका इस्लाम धर्मावलम्बीलाई ‘रमदान मुवारक’ भन्दै शुभकामना दिनु भयो ।

इस्लामिक क्यालेन्डरअनुसार रमदानको एक महिनाभरि भोक र तिर्खा बिर्सेर इन्द्रियहरूलाई क्रोध र स्वार्थजस्ता अवगुणबाट टाढा राखी मानव जातिका लागि आदर्श जीवनयापनको अभ्यास गर्ने अवधिका रुपमा ग्रहण गरिएको अध्यक्ष शाहले बताउनु भयो ।
<span;>अध्यक्ष शाहले देशमा इस्लाम धर्मावलम्बीको धार्मिक स्वतन्त्रता, हकअधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न राज्यलाई गम्भीर बन्न जरुरी रहेको जिकिर गर्नु भएको थियो ।
यसैगरी मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रका केन्द्रीय अध्यक्ष एंव मुस्लिम पत्रकार क्लबका अध्यक्ष आलम खानले रमदान महिनाले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने भन्दै शुभ कामना व्यक्त गर्नु भयो ।

संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य लिएको बताउदै मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न रमदानको रोजाको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नु भएको थियो ।

Next Post

नेपालगन्जमा ७ जनालाई कोभिड संक्रमण देखियो

२०७९ चैत्र १०, शुक्रबार २०:५८
नेपालगन्ज । नेपालगन्जमा शुक्रबार ७ जनामा कोभिड संक्रमण देखिएको छ  । नेपालगन्जको जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा कोभिड एन्टिजिन चेकजाँच गर्ने क्रममा ७ जनालाई कोभिड संक्रमण देखिएको डिसिएमसी बाँकेका फोकल पर्सन एवं नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो । संक्रमित हुनेमा दैलेखका ७ जना विद्यार्थी रहेको […]