पहिलो पटक बर्दियामा युवा लक्षित मीडिया सूचना, साक्षरता सम्बन्धि कार्यशाला

  ।   २०७९ पुष २५, सोमबार २०:५६

संवाददाता, बढैयाताल ।

‘म सक्छु’ नामक परियोजना अन्र्तगत मीडिया सूचना, साक्षरता सम्बन्धि MIL : TEA TALK SIRES कार्यशाला आइतबार बर्दियाको बढैयाताल गाउँपालिका स्थित मैनापोखरमा सम्पन्न गरिएको छ ।

कार्यशालाको उद्दघाटन बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले गर्नुभएको हो ।

बर्दियाका ८ वटै स्थानीय तहका युवाहरुको सहभागीता रहेको कार्यशालामा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, बढैयाताल गाउँपालिका वडा नम्बर ३ का कार्यबहाक वडा अध्यक्ष चन्द्रकला बिक, इलाका प्रहरी कार्यालय मैनापोखरका चेतराम कुसारी, इलाका प्रहरी कार्यालय जमुनाह बाँकेका प्रहरी सहायक निरीक्षक तथा स्थानीय समाजसेवी कुल बहादुर बिक, युवा समाजसेवी पारु काफ्ले, मनिषा सुनार लगायतले मीडिया सूचना, साक्षरता सम्बन्धि कार्यशाला सफलताको शुभकामना दिनुभएको थियो ।

पूर्ण तारा फाउण्डेसन नेपालका अध्यक्ष तारा कुमारी रोकायको अध्यक्षतामा आयोजित कार्यशालाको सहजिकरण युनेस्को लुम्विनी प्रदेश युवा सञ्चार अभियान्ता प्रेम विश्वकर्मा र पूजा वैष्यले गर्नुभएको थियो ।

कार्यशाला आयोजनाका लागी युनेस्को काठमाडौं, अन्र्तराष्ट्रिय युवा मीडिया समिटको पहलमा द नेपाली फाउण्डेसन फर मीडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप, बढैयाताल गाउँपालिकाको कार्यालय, मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगंज, पूर्णतारा फाउण्डेसन नेपाल, रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्ज, लुम्विनी पत्र दैनिक लगायतले समन्वय, सहकार्य गरेका छन ।

बढ्दो डीजिटल जोखिमका बीच समुदायमा युवाहरुलाई मीडिया सूचना, साक्षरताका बारेमा युवा सञ्चार अभियान्ता मार्फत सचेत गराउने उद्देश्यका साथ बर्दियामा पहिलो पटक यस खालको कार्यशाला आयोजना गरिएको हो ।

युनेस्को काठमाडौं, अन्र्तराष्ट्रिय युवा मीडिया समिटको पहलमा अहिले नेपालका ७ वटै प्रदेशमा युवा सञ्चार अभियान्ता मार्फत मीडिया सूचना साक्षरता सम्बन्धिका गतिविधिहरु सञ्चालन भईरहेका छन ।

 

Next Post

प्रधानमन्त्रीलाई प्रचण्ड बहुमत, संसदका सबै दलको अभूतपूर्व समर्थन

२०७९ पुष २५, सोमबार २०:५६
संवाददाता । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत हासिल गर्नुभएको छ । विश्वासको मत लिन उहाँले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा २६८ सांसदहरूले समर्थन गरे । नेपालको संसदीय दलको इतिहासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा लगभग सबै सांसदको विश्वासको मतसहित यो अभूतपूर्व समर्थन प्राप्त गर्नुभएको छ । उहाँलाई […]