संवाददाता, नेपालगंज ।
बर्दियामा बामदेब गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच बर्दिया निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य लक्ष्मण ज्ञवाली सहित नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको केन्द्रिय सदस्य ज्ञानुमाया रिजालले जानकारी दिनुभयो ।
बर्दिया जिल्ला बामदेव गौतमको प्रभाव रहेको क्षेत्र पनि हो ।
फोटो स्रोत : लुम्बिनी पत्र दैनिक