लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि २२ घण्टे आह्वान

  ।   २०७८ श्रावण २८, बिहीबार ०६:२०

रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शङ्कर पोखरेलले बुधवार दिउँसो राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले २२ घण्टाको समय दिएर बहुमत सहित सरकारको दाबी गर्न आह्वान गर्नुभएको हो ।

अब बिहीवार दिउँसो ३ बजेसम्म दलहरूले बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दाबी गर्नेछन् । लुम्बिनीमा कांग्रेस, माओवादी, जनमोर्चा र जसपाको बहुमत रहेको छ ।

शङ्कर पोखरेलको राजीनामासँगै विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८० सदस्य छन् ।

प्रदेश सभा सदस्य सन्तोष पाण्डेय, कल्पना पाण्डेय र विजय यादवलाई जसपाले गरेको कारबाही सर्वोच्चले सदर गरीदिएपछि प्रदेश सभा ८० सदस्यीय बनेको हो । तीमध्ये सभामुखसहित विपक्षी गठबन्धनमा ४२ र एमालेमा ३८ जना छन् ।

Next Post

सुपर कपको उपाधि चेल्सीले जित्यो

२०७८ श्रावण २८, बिहीबार ०६:२०
एजेन्सी । यूईएफए सुपर कपको उपाधि चेल्सीले जितेको छ। आज विहान भएको खेलमा भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि जितेको हो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। जहाँ चेल्सीले ६-५ ले जित निकाल्न सफल भयो। खेलमा अग्रता चेल्सीले २७ औं मिनेटमा हाकिम […]