जथाभावी भिडियो सम्प्रेषण गर्ने युट्युबमाथि काउन्सिलको नजर : एकवर्षमा ३४ च्यानल साइबर ब्युरोमा पुगे

  ।   २०७९ भाद्र १६, बिहीबार १४:३०

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) लाई सिफारिस गरेको छ ।

काउन्सिलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिथोल्ने, जातिय एवं धार्मिक सहिष्णुता खल्बलाउने किसिमका सामग्रीहरू सम्प्रेषण गर्ने Birgorkhali (वीरगोर्खाली) नामक युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) लाई सिफारिस गरेको जनाएको हो ।

उक्त च्यानलले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसहितलाई आधारहीन आरोप र गालीगलौज सहितको सामग्री सम्प्रेषण गरेको थियो ।

‘बाफ्रे नेता देशको कत्ति सत्रु, मरेपछि पनि भ्रष्टाचार गरिरहने योजना’ शीर्षकमा अधिकांश राजनीतिक दलका नेताहरूलाई गालीगलौज गरी घृणास्पद अभिव्यक्ति÷सामग्री राखेको उक्त युट्युब च्यानल कारबाहीमा परेको हो । नियमित समाचारजन्य सामग्री सम्प्रेषण गरेपनि उक्त युट्युब च्यानल समाचार माध्यमका रूपमा कतै दर्ता नभएको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

स्वअनुगमनका क्रममा युट्युबमा प्रसारित सामग्रीमा प्रस्तुतर्कताले आफ्नो व्यक्तिगत धारणा राख्दै प्रायोजित ढङ्गबाट प्रश्न गरेको, राजनीतिक दलका नेताहरूको व्यक्तिगत मानमर्दन हुनेगरी नाम उल्लेख गरी उत्तेजित बनाउने खालका प्रश्नहरू राखेको देखिएको हुँदा कारबाहीका लागि साइबर ब्युरोलाई नै सिफारिस गर्नुपरेको काउन्सिलका सूचना अधिकारी बोहराले बताउनुभयो ।

काउन्सिलले पछिल्लो एक वर्षमा कुनै मिडियाअन्तर्गत आबद्ध नभएका पेसागत मर्यादा विपरीत सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा सिफारिस गरेको जनाएको छ । दर्ता भएर सञ्चालनमा रहेका १४ वटा युट्युब च्यानललाई आचारसंहिता बमोजिम कारबाही गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले पत्रकारिताका मूल्य र मान्यताविपरित, गलत, समाजमा उत्तेजना-अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने, अन्तराष्ट्रिय समझदारी र मित्रराष्ट्र बिच भाइचाराको सम्बन्धमा खलल पु¥याउने, अदालतमा विचारधीन अवस्थामा रहेका विषय न्यायिक निरुपणमा प्रभाव पार्ने, वैयक्तिक गोपनियता प्रतिकूल, पीडितलाई थप पीडा पुग्ने खालका सामग्री सम्प्रेषण भएका युट्युब च्यानल कारबाहीमा परेको प्रष्ट पारेको छ ।

प्रेस काउन्सिल नेपालको सहयोगमा…

Next Post

नरैनापुरका किसानलाई डिप बोरिङ र राहत उपलब्ध गराउन प्रजिअलाई पत्र

२०७९ भाद्र १६, बिहीबार १४:३०
बाँके । खडेरी परेको नरैनापुरका किसानलाई डिप बोरिङ र राहत उपलब्ध गराउन माग गर्दै प्रदेश सांसद कृष्णा केसी (नमुना) र नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बिहिबार जिल्ला प्रशासन कार्यालय पुगेर बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई पत्र हस्तान्त्रण गर्नु भएको छ । नरैनापुर गाँउपालिकाको सर्वदलिय बैठकले किसानलाई राहत […]