माकुरा पनि मान्छेझैँ निदाउँछन् !

  ।   २०७९ श्रावण २६, बिहीबार १७:२५

न्युयोर्क ।

यो एउटा जिज्ञासा हो जसले केही वैज्ञानिकलाई रातभर जागा राख्छ : के माकुराहरू निदाउँछन् ? डानिएला रोस्लर र उहाँका सहकर्मीहरूले माकुराका साना बच्चामा गरेको अनुसन्धानबाट माकुरा पनि मानव जस्तै केही क्षण निदाउने गरेको पत्ता लागेको छ ।

भिडियो क्यामराको सहयोगमा गरिएको अनुसन्धानले निद्राको चक्रमा जस्तै माकुराका आँखा झिलमिल भएका र त्यसलाई निद्राको एक चरणका रूपमा वर्णन गरेको छ । आँखाका भागमा देखिएको झिलिमिलीयुक्त त्यस्तो ढाँचालाई निद्राको सक्रिय चरण भएको निष्कर्षमा डानिएला र उहाँको टोली पुगेको छ । त्यसलाई मानवको निद्रा जस्तै भएको उहाँहरुले बताउनुभएको छ । उज्यालो देखिनुको सम्बन्ध सपनासँग रहेको उहाँहरूको निचोड छ ।

अनुसन्धानबाट केही चरा र स्तनपायीसहित अन्य जनावरले निद्राको अनुभव गरेका देखाइएको छ यद्यपि माकुराले पनि त्यस्तै प्रकृतिको निद्रा अनुभव गरेन गरेको यकिनका साथ भन्न नसकिने जर्मनीको जर्मनीको कन्स्टान्ज विश्वविद्यालयका विकासवादी जीववैज्ञानिक रोस्लरले बताउनुभएको छ । अनुसन्धानको निष्कर्ष प्रसिडिङ्स अफ साइन्सेज जर्नलमा छापिएको छ ।

प्रयोगशालाको कन्टेनरमा राति रेशमको धागोमा माकुरा झुण्डिएका फेला परेपछि निद्राको प्रश्नमा केही समाधान भेटिएको डानिएला बताउनुहुन्छ । कुकुर वा बिरालाले झै घुँडा टेकेर सुतेको स्पष्ट देखिए पनि निद्राको चक्र मानव र माकुरामा समान भएको उहाँको ठहर छ ।

माकुराको निद्राको चक्र अन्य जीवसँग तुलना गर्न कठिन हुने उहाँको कथन छ । हार्वर्ड विश्वविद्यालयका विकासवादी जीववैज्ञानिक पनि डानिएलाको भनाइप्रति सहमत छन् ।

रासस-एपी, गोरखापत्र अनलाइनबाट

Next Post

नरैनापुर गाँउपालिका सुख्खा क्षेत्र घोषणा, बिशेष राहतको प्याकेज ल्याउन माग

२०७९ श्रावण २६, बिहीबार १७:२५
बाँके । बाँकेको नरैनापुर गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको छ । प्रयाप्त सिंचाइको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउदै गाँउपालिका अध्यक्ष शाहले प्रशस्त पानी नपरेकाले धान रोपाई हुन सकेको छैन भने बैकल्पिक उपाय गरेर लगाएको धानवाली समेत नष्ट भईसकेको छ । बढदो […]