मंकीपक्स नामक भाइरस देखीयो

  ।   २०७९ जेष्ठ ६, शुक्रबार १८:५६

संवाददाता ।

कोरोना महामारीबाट उठ्ने प्रयास गरिरहेको समयमा अमेरिकामा पुनः मंकीपक्स भाइरस देखा परेको छ । सुरुमा बेलायतमा देखा परेको यो भाइरस अमेरिकाको टेक्ससमा पनि फैलिएको छ ।

सन् २००३ मा अमेरिकाको कयौं शहरमा देखा परेको यो भाइरस नियन्त्रणमा आएको थियो । भाइरसको संक्रमण नाइजेरियाको भ्रमणबाट अमेरिका फर्किएका व्यक्तिमा पुष्टि भएको हो ।

बिफरसँग मेल खाने यो भाइरसको लक्षण हात खुट्टाबाट सुरु भई शरीरभरी फैलिने गर्छ । यो रोगमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी दुख्ने र पछि बिस्तारै शरीरभर पानीको फोका देखा पर्ने गर्दछ ।

डब्ल्युएचओका अनुसार मंकीपक्स एक सरुवा रोग भएका कारण उच्च सतकर्ता अपनाउनुपर्ने हुन्छ । अमेरिकामा मंकिपक्स पुष्टि भएका व्यक्तिलाई छुट्टै निगरानी बढाइएको छ ।        #मंकीपक्स_भाइरस

इमेज खबरबाट

Next Post

जितहासिल  गरेकै दिन किन भए  तुफानका आँखाभरी आँसु  ??

२०७९ जेष्ठ ६, शुक्रबार १८:५६
    नेपालगन्ज । बाँके खुजाराको कपास बिकास समितिको भवनमा मतगणना सम्पन्न भयो । गठबन्धन (नेकपा माओवादी केन्द्र र कांग्रेस) तर्फका माओवादीका बाँके जिल्ला समन्वय समिति संयोजक डम्बर बिक तुफान अध्यक्ष पदमा १६ सय मतान्तले बिजयी भए । कपास बिकास समितिको क्षेत्रबाहिर बिजय उत्सब मनाउन माओवादी, कांग्रेसका कार्यकर्ता पर्खिरहेका थिए […]