युक्रेन द्धारा पहिलो पटक रुसी भुमि भित्र आक्रमण

  ।   २०७८ चैत्र १८, शुक्रबार १८:००

संवाददाता ।

रुस र युक्रेनबीचको लडाइँ युक्रेनभित्र मात्रै सीमित रहँदै आएकोमा पहिलो पटक रुसी भूमिमा हमला भएको छ ।

रुसको पश्चिमी शहर बेलगोरोड गभर्नरले आज युक्रेनका २ हेलिकप्टरले त्यहाँको तेल डिपोमा हवाई हमला गरेको बताएको एएफपीले जनाएको छ । यो हमलामा दुई जना घाइते समेत भएका छन् ।

लडाइँमा दुवै देशका सेनाका साथ सर्वसाधारण मानिसको पनि ज्यान र धनमाल नोक्सानी भइरहेको छ ।

युुक्रेनी अधिकारीका अनुसार रुसी हमलामा हालसम्म १५३ बालबालिकाको मृत्यु भइसकेको छ भने २४५ भन्दा बढी बालबालिका घाइते भएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार रुसी सेनाले २४ फेबु्रअरीमा चेर्नोबिल परमाणु ऊर्जा प्लान्टमा कब्जा गरेको थियो । यहाँबाट रुसी सेना पछि हट्न थालेको छ ।

अधिकारीका अनुसार रुसी सैनिक चेर्नोबिलबाट पर जाँदैछन् र बेलारुसमा प्रवेश गरिरहेका छन् ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले युुक्रेनमा भएको हमलालाई मध्यनजर गर्दै बढ्दो मूल्य कम गर्न ६ महिनासम्म दैनिक १० लाख ब्यारेल तेल निकाल्ने घोषणा गर्नुभएको छ ।

युक्रेनमा भएको सैन्य आक्रमणका कारण रुसमाथि अमेरिका समेत कयौं देशको आर्थिक प्रतिबन्धका कारण कच्चा तेलको मूल्यमा वृद्धि भइरहेको ह्वाइट हाउसले जनाएको छ ।

रातोपाटी डटकमबाट

Next Post

खजुरामा गठबन्धन द्वारा नौ सदस्यीय बार्ता टोलि गठन

२०७८ चैत्र १८, शुक्रबार १८:००
नेपालगन्ज । खजुरा गाउपालिकामा चुनावी गठबन्धन गरेर अगाडि बढ्न ९ सदस्यीय बार्ता टोलि गठन भएको छ । गठबन्धन गरेर जाने केन्द्रको निर्णयलाई स्वागत गर्दै बसेको बैठकले गठबन्धनबाट उम्मेदवार चयन गर्न ९ सदस्यीय बार्ता टोलि गठन गरेको हो । नेपाली कांग्रेसका सभापति रमेश सिजालीको अध्यक्षतामा बसेको बठकले सो निर्णय गरेको छ […]