प्रेस सेन्टर नेपाल राप्तिसोनारी शाखा गठन

  ।   २०७८ चैत्र ९, बुधबार १८:३७

नेपालगन्ज । प्रेस सेन्टर नेपालले स्थानीय तहसम्मै संगठन बिस्तार गर्ने अभियान अन्तर्गत बुधबार  बाँकेको राप्तिसोनारी गाउपालिकामा पालिका स्तरिय कार्यसमिति गठन गरेको छ । क्रियाशिल पत्रकार कविन्द्र परियारको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
प्रेस सेन्टर नेपाल बाँके उपाध्यक्ष राजेश आचार्यको अध्यक्षतामा सुरुभएको सम्मेलनले कविन्द्र परियार अध्यक्ष, उपाध्यक्ष दिपक थारु, सचिब इश्वरी बहादुर केसी, सह-सचिब इन्द्रबहादुर थारु,  कोषाध्यक्ष अनिता वली त्यस्तै सदस्य खिम प्रकाश डिसी, किरण पुनः मगर, नरेश बुढामगर,सन्नी खत्री, छविराज चौधरी, विपना बोहरा, मेघराज रिजाल लगायत १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष तथा बाँके इन्चार्ज प्रदीप वाग्लेले गर्नु भएको थियो । उपाध्यक्ष वाग्लेले संगठन निर्माणमा प्रेस सेन्टर देशकै अगुवा संगठन भएको दावी गर्नु भयो । वाग्लेले भन्नू भयो, ´ पालिका स्तरीय पत्रकारको शाखा गठन र गाउठाउमा दबियका आवाजलाई माथी उकास्न प्रेस सेन्टर नेपाल अग्र स्थानमा छ । उहाले थप्नु भयो पत्रकारको हकहितका लागि लड्ने पनि प्रेस सेन्टर नेपाल नै हो ।` त्यस्तै बिशिस्ट अथिती लुम्बिनी प्रदेश सदस्य अम्मर खड्का लगायतका नेताहरूले शुभकामना मन्तव्य दिनु भयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले ,  माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अमर खड्का, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँके सदस्य तथा राप्तीसोनारी गाउँपालिका वडा न ६ का वडाध्यक्ष जनक बहादुर थारू , राप्तीसोनारी गाउँपालिका अध्यक्ष चिम बहादुर घर्ती प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश सदस्य हेमन्त चौधरी लगायतको सहभागीता रहेको थियोे ।

Next Post

जनचेतनाको लहर विश्व दृस्टी विशेषज्ञ दिवस सडकमा

२०७८ चैत्र ९, बुधबार १८:३७
   नेपालगन्ज । टंटलापुर घाम लागेको छ । ३८ डिग्रीको तापले निधारबाट पसिना खलखल्ती बगेको छ । सडकमा सवारी साधनको जाम लागेको छ । मानिसहरूको घुइँचो पनि त्यत्तिकै……. यो दृश्य नेपालगन्ज उपमहानगरपालिकाको मुटु बिपि चोकको हो । नेपाल दृस्टी विशेषज्ञ संघको लुम्बिनी प्रदेश नेपालगन्जको आयोजनामा ´समग्र आँखा उपचारको लागि दृस्टी […]

सम्बन्धित समाचार