नेपालगन्ज । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर समितिले चुनावी आभियानमा तिब्रता दिदै आएको छ । उपमहानगर समतिले आज नेपालगन्ज उपमहानगरपालिका वाड नं. १८ को बिस्तारित बैठक, वाड नं. ८ को वडा भेला, वाडा नं. ११ र वडा नं. २ बुद्धगुम्बाटोलको भेला सम्पन्न गरेको छ ।
संगठन सुदृढीकरण अभियानमा पार्टीका प्रदेश सदस्य अक्कल बहादुर बम, नवीन शर्मा, उपमहानगर पार्टी अध्यक्ष रतनबहादुर शाही लगायत नगर नेताकार्यकर्ताहरु जुटेको पार्टी स्रोतले जनाएको छ । उपमहानगर पार्टीमा रतनबहादुर शाही अध्यक्ष भए संगै नगरभित्र पार्टीले आफ्नो सक्रियता बढाएको समग्र नगरपार्टीको बुझाइ रहेको छ । पछिल्लोपटक नेपालगन्ज भित्रका २३ वटै वडामा पार्टीले आफ्नो गतिविधि बढाउन सबै नेताकार्यकर्ताहरुको भूमिका रहेको अध्यक्ष शाहीले गुडन्युज डटकमलाइ बताउनु भयो । अध्यक्ष शाहीका अनुसार बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा आफ्नो पार्टीको बिजय हुने बुझाइ रहेको छ ।



