नेकपा माओवादी केन्द्र खुजुराको सम्मेलन भव्य

  ।   २०७८ मंसिर ११, शनिबार १३:५६

बाँके । नेकपा माओवादी केन्द्र बाँके खजुरा गाउँपालिकाको अधिवेशन सुरु भएको छ । उद्घाटन सत्रको प्रमुख अतिथि माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य, बाँके जिल्ला संयोजक तथा प्रदेश सांसद आइपी खरेलले गर्नु भएको छ ।

सम्मेलन उत्साहपुर्वक हुन थालेको खजुराका कान्तु गौतमले बताउनु भयो । यस्तै खजुरा गाउँपालिका इन्चार्ज डम्बर बिक तुफान, सहिद परिवारका तर्फबाट कान्तु गौतम, कम्युनिस्ट अग्रजका तर्फबाट मानबहादुर वली लगायतले सम्मेलनमा शुभकामना व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा सहिद परिवारहरु, जेष्ठ कम्युनिस्ट आन्दोलनका अग्रजहरु, खजुरा क्षेत्रमा योगदान पुर्‍याएका क्रान्तिकारी बुद्दिजिवीहरुलाई सम्मान गरिएको छ ।
धनराम वलीको संचालन र पालिका अध्यक्ष राजकुमार बिकको अध्यक्षतामा संचालन भएको पालिकाको अधिवेशन सम्पन्न गर्न ८ वटा वडाका २ सय बढी प्रतिनिधिको सहभागिता रहेको पालिका इन्चार्ज तुफानले जानकारी दिनुभयो ।

Next Post

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको सम्मेलन हुँदै

२०७८ मंसिर ११, शनिबार १३:५६
नेपालगन्ज । नेकपा माओवादी केन्द्रको देशैभरिमा एकसाथ पालिका स्तरीय अधिवेशन भैरहेको छ । यसैगरी नेपालगन्ज उपमहानगरपालिकाको सम्मेलन सुरु भएको छ । नेपालगन्जको सम्मेलनमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सह-इन्चार्ज तथा केन्द्रिय सदस्य हकिउल्ला खा, लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्ज उपमहानगरपालिकाका इन्चार्ज अक्कल बहादुर बम, संबिधान सभासदस्य तथा पुर्व केन्द्रिय सदस्य, […]