नेपालगन्ज । बाँकेका विभिन्न आइसोलेसनबाट २२ जना कोरोना संक्रमितहरु डिस्चार्ज हुन गैरहेका छन् । डिस्चार्ज हुने २२ जना मध्य ९ जना महिला र १३ जना पुरुष रहेको स्वास्थ्य फोकल पर्शन नरेश बाबु श्रेष्ठले जारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
रिपोर्ट अनुसार हाल सम्म बाँके जिल्लामा जम्म कोरोना संक्रमितहरुको संख्या ९ सय २० पुगेको छ भने ६ सय ८२ जना निको भएर घर फर्की सकेका छन् । अब बाँकेका विभिन्न आइसोलेसनमा २ सय ३३ जना उपचाररत छन् भने १ जना अन्य जिल्लाको उपचाररत छन् । ५ जना संक्रमितहरुको मृत्यु भएको छ ।