गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम रोकियो

  ।   २०७८ भाद्र ३१, बिहीबार १५:४०

संवाददाता ।

धुर्मुस सुन्तली फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट हात उठाएको छ । ३५ प्रतिशत काम सकिएपछि रकम अभाव देखाउँदै फाउण्डेसनले चितवनमा रंगशाला बनाउने काम रोकेको हो ।

यो रंगशाला भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवाइमा आमनागरिकबाट पैसा संकलन गरी १६ माघ २०७५ देखि रंगशाला निर्माण थालिएको थियो ।

अभियन्ता धुर्मुसका अनुसार ३५ प्रतिशत काम सकिँदा ५४ करोड रुपैयाँ खर्च भएको छ । ‘ऋण १६ करोड नाघेको छ । धेरैतिर उधारो भयो । फेरि उधारो लिन अप्ठेरो छ । जनताले सहयोग गरिरहनुभएको छ ।

तर, त्यसले मात्रै नपुग्ने भयो’, उहाँले भन्नुभयो । उहाँले सरकारलाई सहयोगका लागि प्रस्ताव पत्र बुझाएको पनि बताउनुभयो । यो रंगशाला निर्माण सम्पन्न हुँदा ३ अर्ब रुपैयाँ खर्च हुने बताइएको थियो ।

धुर्मुस भन्नुहुन्छ, ’अहिलेकै गतिमा काम हुँदा त २ अर्ब ५५ करोडमै काम सकिन्थ्यो । तर, हामीले गरेर मात्र यो सम्भव नहुने देखियो । त्यसैले सरकारसँग सहयोग मागेका हौँ ।’

शिलापत्र डटकमबाट

Next Post

अनेरास्ववियू क्रान्तिकारी बाँकेको अध्यक्षमा महेश बस्नेत चयन

२०७८ भाद्र ३१, बिहीबार १५:४०
संवाददाता । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बाँकेको २३ औं जिल्ला सम्मेलनले महेश बस्नेतको अध्यक्षतामा ४६ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा प्रकाश ओली र इन्दु केसी, सचिवमा सुनिल बटाला रहनुभएको छ । यस्तै सह–सचिवमा चरित्र बहादुर शाही, सन्तोष शर्मा, मनोज बुढा, महेश सिंह ऐरी […]