
संवाददाता ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बाँकेको २३ औं जिल्ला सम्मेलनले महेश बस्नेतको अध्यक्षतामा ४६ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा प्रकाश ओली र इन्दु केसी, सचिवमा सुनिल बटाला रहनुभएको छ ।
यस्तै सह–सचिवमा चरित्र बहादुर शाही, सन्तोष शर्मा, मनोज बुढा, महेश सिंह ऐरी र कोषाध्यक्ष अनिशा रिजाल चयन हुनुभएको निवर्तमान संयोजक सुरेन्द्रजंग शाहले जानकारी दिनुभयो ।



