कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

  ।   २०७८ भाद्र ३०, बुधबार ०६:५९

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुन लागेको हो। परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ। र, विहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुने छ।

परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ। सरकारले १८ वर्ष पुगेका १२ का विद्यार्थीलाई खोप लगाएको छ।

परीक्षा असोज ८ गतेसम्म संचालन हुने बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए। यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो। यसअघि बैशाखमा परीक्षा गर्ने तयारी थियो ।

Next Post

राष्ट्रिय जनगणना : घर तथा घरपरिवार सूचीकरण आजदेखि

२०७८ भाद्र ३०, बुधबार ०६:५९
काठमाडौं । राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य आजदेखि सुरु हुने भएको छ। आगामी २५ कार्तिकदेखि ९ मंसिरसम्म हुने जनगणनाका लागि सरकारले घर तथा घरपरिवार सूचीकरण कार्य बुधबारदेखि सुरु गर्ने भएको हो। केन्द्रीय तथ्यांक विभागले सुपरिवेक्षण तालिम सम्पन्न भइसकेको जानकारी दिँदै बुधबारदेखि घर तथा घर परिवार सूचीकरण कार्य […]

सम्बन्धित समाचार