कर्मचारीमा कोरोना देखिएपछि जिप्रका रुकुम पश्चिममा अत्यावश्यक बाहेकका सेवा बन्द

  ।   २०७८ भाद्र ४, शुक्रबार ०६:५०

दाङ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले शुक्रबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा कार्यरत एकजना कर्मचारीमा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण देखिएपछि भदौ ११ गते सम्मका लागि कार्यालय बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा, मुद्धा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी तथा बिपद् ब्यबस्थापन सम्बन्धी बाहेकका अरू सबै सेवाहरू स्थगित गरिएको छ ।
बिहीबार एक सूचना जारी गर्दै प्रशासनले निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयमा सेवाग्रहीको भिड बढ्दा जोखिम बढेको जनाएको छ । बाह्रखरी

Next Post

ओलीलाई १० बुँदे कार्यान्वयन गर्न र नेपाललाई दल दर्ताबाट पछि हट्न एमालेका ९ नेताको माग

२०७८ भाद्र ४, शुक्रबार ०६:५०
काठमाण्डौ । कुनै पनि पक्षमा नलागेर तटस्थ बसेका एमालेका ९ जना नेताहरुले पार्टी एकताको लागि दबाब बढाएका छन् । आफूहरु पार्टी एकताका लागि अझै क्रियाशील रहेको भन्दै उनीहरुले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जनामाथि गर्ने भनिएको कारबाही रद्द गर्नुपर्ने माग राखेका छन्। उनीहरुले संयुक्त वक्तव्य निकालेर पार्टीलाई […]