हुम्लामा हिमपात, ह्वात्तै बढ्यो चिसो

  ।   २०७७ मंसिर २, मंगलवार ०७:१८

सिमकोट । हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ।

यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ। यसअघि कात्तिक १८ गते हिमपात भएको थियो।

जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताउनुभयो । बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ।

उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ। हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ ।

मानिसहरू हिउँमा रमाउन थालेका छन्। आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए।

जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन्।

सोमबार बिहानै हिमपात भएपछि किसानमा खुशीयाली छाएको स्थानीय कमल भण्डारीले बताउनुभयो।

लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने भण्डारीले बताउनुभयो।

आज बिहानदेखि हुम्लाको मौसम सफा रहेको भए पनि हिमालहरू हिउँले सेताम्मे हुनुका साथै चिसो बढेको छ। रासस

Next Post

बाँके जिल्लाबाट आज थप ५६ जना कोरोना जितेर घर फर्किदै

२०७७ मंसिर २, मंगलवार ०७:१८
बाँके । जिल्लाबाट आज (मंगलबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ५६ जना निको भइ डिस्चार्ज हुँदैछन् । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा २४ जना महिला र ३२ जना पुरुष रहेका छन् । यो सँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या तीन […]

सम्बन्धित समाचार