शेयर धितो राखेर ऋण प्रवाहमा कडाइ

  ।   २०७८ श्रावण २९, शुक्रबार १८:०६

काठमाण्डौ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो राखेर ऋण प्रवाहमा कडाइ गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रवार आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको बताउनुभएको हो ।

नयाँ व्यवस्थाअनुसार शेयर धितो ऋणको सीमा बढीमा एक संस्था वा व्यक्तिका लागि बढीमा १२ करोड रुपैयाँ हुनेछ । एक बैंकबाट बढीमा चार करोड रुपैयाँभन्दा बढी ऋण लिन पाइने छैन । शेयरको धितो मूल्याङ्कनको सीमालाई भने ७० प्रतिशतमा यथावत् नै राखिएको छ ।

गएको आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो । तर चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएपछि ढिलो गरी सार्वजनिक भएको हो ।

कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विभिन्न राहतको व्यवस्था गरिएको छ । कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले प्राथमिकता दिएको छ ।

Next Post

जर्मनीको एउटा खोप केन्द्रमा कोरोनाविरुद्धको खोप भन्दै सलाइन पानी लगाएको खुलासा

२०७८ श्रावण २९, शुक्रबार १८:०६
एजेन्सी । जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोपको साटो सलाइन पानी दिइएको पाइएको छ । नर्थ सी नजिकै फ्रिसल्यान्डमा रहेको खोप केन्द्रमा भएको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ । आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि छ जनालाई सलाइन दिएको स्वीकार गरेकी तर त्यहाँ अरू धेरैलाई कोरोनाविरुद्धको […]