देउवालाई सङ्केत गर्दै पौडेलको टिप्पणी : सर्वत्र असफल व्यक्ति बारम्बार सत्तामा

  ।   २०७८ श्रावण २५, सोमबार ०७:५४

काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन गर्न नसकेको भन्दै आलोचना गर्नुभएको छ ।

आज बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले चार वर्षमा गरिसक्नुपर्ने महाधिवेशन थपिएको साढे एक वर्ष बितिसक्दा पनि हुन नसकेको भन्दै नेतृत्वको चरम लापरबाही र असफलता भएको बताउनुभएको छ । पार्टी नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पुर्याएको उहाँको टिप्पणी छ ।

उहाँले देउवालाई सङ्केत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको आरोपसमेत लगाउनुभएको छ ।

Next Post

चीन : कोरोना प्रभावित क्षेत्रबाट बेइजिङतर्फ यात्रा गर्न प्रतिबन्ध

२०७८ श्रावण २५, सोमबार ०७:५४
एजेन्सी । कोभिड–१९ को सङ्क्रमण भएका क्षेत्रहरूबाट चीन आएका यात्रीहरूमाथि प्रतिबन्ध लगाएर कोभिड–१९ महामारी फैलिन नदिन चीनको राजधानी बेइजिङले विभिन्न उपायहरू तय गरेको छ। ग्लोबल टाइम्सका अनुसार बेइजिङमा फर्कने योजना बनाएका मध्यम वा उच्च जोखिम भएका क्षेत्रका वासिन्दाहरूलाई हवाई तथा रेल सेवाका लागि टिकट बिक्री तत्कालका लागि रोकिनेछ। बेइजिङका अधिकारीहरूले […]

सम्बन्धित शीर्षक