माधव नेपालले आज ‘कलम पार्टी’ घोषणा गर्दै : गोकुल बाँस्कोटा

  ।   २०७८ श्रावण २०, बुधबार ०७:२९

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी घोषणा गर्न लागेको दाबी गर्नुभएको छ ।

मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले नेपालले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’ बताएका दाबी गर्नुभएको हो ।

वरिष्ठ नेता नेपालले आज काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बेन्क्वेटमा आफूपक्षीय केन्द्रीय कमिटीको बैठक डाक्नुभएको छ ।

नेता नेपालले यसअघि राष्ट्रिय सभामा खिमलाल देवकोटालाई कलम चिन्ह लिएर गठबन्धनको तर्फबाट चुनावमा उठाएका थिए । यस्तै नेपाल निकट केही कार्यकर्ताले चुनाव चिन्ह कलम राखी नेकपा (एकीकृत) नामक दल दर्ता गरेका थिए ।

बाँस्कोटाले सोही सन्दर्भ जोड्दै माधव नेपालले ‘कलम पार्टी’ बनाउन लागेको दाबी गर्नुभएको हो ।

Next Post

संक्रमण पुनः फैलिएपछि चीनको वुहानमा पूरै जनसङ्ख्यामा कोरोना परीक्षण गरिँदै

२०७८ श्रावण २०, बुधबार ०७:२९
बीबीसी । चिनियाँ सहर वुहानको आधिकारिक निकायले सहरभरका सम्पूर्ण नागरिकको कोरोना परीक्षण गराउने भएका छन् । स्थानीय स्तरमा कोरोनाबाट संक्रमित भइरहेको पत्ता लागेपछि यस्तो गर्न लागिएको हो । एक वर्षमा पहिलोपटक त्यहाँ स्थानीय रुपमा ७ नयाँ संक्रमित फेला परेका छन् । १ करोड १० लाख जनसङ्ख्या बसोबास गर्ने वुहान सहरमा […]