भारतका केन्द्रिय गृहमन्त्री अमित शाह उत्तर प्रदेशका कार्यक्रममा बेस्त

  ।   २०७८ श्रावण १७, आईतवार १५:१७

संवाददाता
भारत सरकारका केन्द्रिय गृहमन्त्री अमित शाह आज उत्तर प्रदेशका विभिन्न विकास निर्माणका कार्यमा सहभागी हुनुभएको छ ।

त्यसै क्रममा उहाँले लखनऊमा प्रदेश सरकारले निर्माण गर्न लागेको ‘उत्तर प्रदेश स्टेट इंस्टीट्यूट अफ फाँरेंसिक साइंसेज’ को शिलान्यास पनि गर्नुभएको छ ।

यसबाट संस्थान फाँरेंसिक क्षेत्रमा प्रशिक्षित मानव बल तयार भइ प्रदेशमा प्रहरी र न्याय प्रणालीमा आधुनिकीकरण गर्न अग्रणीय भूमिका निर्वाह गर्ने गृहमन्त्री अमित शाहको विश्वास छ ।

उत्तर प्रदेशमा अहिले योगी आदित्यनाथ नेतृत्वमा सरकार रहेको छ । उहाँले ट्वीट मार्फत प्रदेश सरकारलाई बधाई पनि दिनुभएको छ ।

Next Post

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र सञ्चालक चन्द्र ढकाललाई निलम्बन गर्न माग

२०७८ श्रावण १७, आईतवार १५:१७
संवाददाता । नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र सञ्चालक चन्द्र ढकाललाई निलम्बन गर्न कर्मचारी यूनियनले माग गरेका छन् । पहिलो पटक नेपालमा बुकबिल्डिङमार्फत् आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा संलग्न भएको हुँदा यूनियनले दुवै जनाको निलम्बन माग गरेको हो । केही दिनयता विभिन्न सञ्चार […]