प्रेम प्रकाश मल्लको ८६ औं जन्म जयन्तीमा २ जना स्रष्टालाई सम्मान

  ।   २०७८ श्रावण १७, आईतवार १२:५४

संवाददाता, नेपालगञ्ज
वरिष्ठ साहित्यकार प्रेम प्रकाश मल्लको ८६ औं जन्म जयन्तीको अवसरमा दुई जना स्रष्टालाई सम्मान गरिएको छ । भेरी साहित्य समाज केन्द्रीय कार्यसमितिद्धारा शनिबार नेपालगञ्जमा आयोजित कार्यक्रममा कवि इन्द्र राज पौडेल र गायक कमल बि के निर्मोहीलाई सम्मान गरिएको हो ।

मल्ललाई स्मरण गर्दै सम्मान स्वरुप २५ हजार रुपैंया राषीको स्मृती पुरस्कार प्रत्येक वर्ष प्रदान गरिदै आइएकोमा यसपाली यो पुरस्कारबाट स्रष्टा द्धयलाई सम्मान गरिएको छ ।

पौडेलले मल्लको सम्मानमा प्रेमाञ्जली लगायतका संग्रह प्रकाशन गर्नु भएको छ भने गायक बिकेले संगीत क्षेत्रमा विशिष्ठ योगदान पु¥याउनु भएको छ । रुकुमको सेरी गाउँमा वि.स.१९९३ साउन ११ मा जन्मिनुभएका गीतकार-गायक-कविका रूपमा परिचित मल्लको २०७२ वैशाख ११ गते निधन भएको थियो ।

साहित्य, सङ्गीत र गायनमा समर्पित मल्लले आधा दर्जन बढी साहित्यीक संग्रह प्रकाशन गर्नु भएको छ ।

माछा पुच्छ्रे« फेवातलमा पौडी खेल्दो रहेछ…, वनकी म चरी सुन्छ, कठैबरी जस्ता जिवन्त गीतहरू …लगायत डेढ दर्जन जति गीत लेखन, गायन र सङ्गीत गर्नुभएका मल्लले छिन्नलता गीति पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, सारस्वत सम्मान, पूर्णिमा साहित्य रत्न, हाम्रो मझेरी जस्ता सम्मानहरू प्राप्त गर्नु भएको छ ।

पुरस्कार प्रदान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मीले स्रष्टाको सम्मानमा पुरस्कार प्रदान गरिनुुले अग्रज र नयाँ स्रष्टाबीचको सम्वन्ध विस्तारसँगै कला, साहित्य सिर्जनामा मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

समाजका अध्यक्ष हरी तिमील्सेनाको अध्यक्षतामा भएका कार्यक्रममा साहित्यकार महानन्द ढकालले प्रेम प्रकाश मल्ल र इन्द्र बहादुर भण्डारीले पुरस्कृत व्यक्तित्व द्धयका बारेमा प्रकाश पार्नु भएको थियो ।

मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष शुक्रऋषि चौलागाई, अवधी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णु कुम्हाल, मल्लकी छोरी वाणी श्री लगायतले मन्तव्यद्धारा श्रदा सुमन प्रकट गर्नु भएको थियो ।

Next Post

भारतका केन्द्रिय गृहमन्त्री अमित शाह उत्तर प्रदेशका कार्यक्रममा बेस्त

२०७८ श्रावण १७, आईतवार १२:५४
संवाददाता । भारत सरकारका केन्द्रिय गृहमन्त्री अमित शाह आज उत्तर प्रदेशका विभिन्न विकास निर्माणका कार्यमा सहभागी हुनुभएको छ । त्यसै क्रममा उहाँले लखनऊमा प्रदेश सरकारले निर्माण गर्न लागेको ‘उत्तर प्रदेश स्टेट इंस्टीट्यूट अफ फाँरेंसिक साइंसेज’ को शिलान्यास पनि गर्नुभएको छ । यसबाट संस्थान फाँरेंसिक क्षेत्रमा प्रशिक्षित मानव बल तयार भइ […]