परीक्षाअघि विद्यार्थीलाई कोरोना खोप लगाउन नेविसंघको माग

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरू हुँदै

  ।   २०७८ श्रावण १७, आईतवार ०७:४२

काठमाडौं । नेपाल विद्यार्थी संघले कोरोना जोखिमकै बीच भौतिक रूपमा उपस्थित गराएर परीक्षा सञ्चालन हुन लागेकोले विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउन माग गरेको छ।

विद्यालय तथा विश्वविद्यालयहरूले करिब तीन महिनादेखि रोकिएका परीक्षा सञ्चालन गर्नका लागि तालिका नै प्रकाशित गरिसकेका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका परीक्षाहरू र कक्षा १२ को परीक्षा सञ्चालनका लागि तालिका आएका छन्।

नेविसंघले परीक्षाअगाडि नै विद्यार्थीलाई खोप लगाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले कक्षा १२ मा करिब चार लाख विद्यार्थीले परीक्षा दिन लागेको र परीक्षा केन्द्र पनि पर्याप्त नभएकोमा सोको व्यवस्थापन मिलाउन सम्बन्धित पक्षसँग माग गरेका छन्।

‘परीक्षा हुनुपूर्व नै विद्यार्थीलाई निस्शुल्क रूपमा कोरोनाविरूद्ध खोप लगाउनुपर्छ,’ उहाँले भन्नुभयो । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरू हुँदैछ। यस्तै कोरोना संक्रमित भई परीक्षामा सामेल हुन नसकेका विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था मिलाउन पनि नेविसंघले माग गरेको छ।

परीक्षा केन्द्रहरूमा पूर्ण रूपमा स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न तथा गराउन पनि नेविसंघले आग्रह गरेको छ।

Next Post

विश्व स्तनपान सप्ताह आजदेखि : बच्चाको बौद्धिक र शारीरिक विकासका लागि आमाको दूध अपरिहार्य

२०७८ श्रावण १७, आईतवार ०७:४२
काठमाण्डौ । विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । यसवर्ष ‘हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ । शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा हरेक वर्ष अगस्ट एक तारिखदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । […]