नेपालमा कोरोना भइरस सक्रिय सङ्क्रमितको सङ्ख्या फेरि ३० हजार नाघ्यो

  ।   २०७८ श्रावण १५, शुक्रबार ०६:४२


गुडन्यूज संवाददाता
बाँके । नेपालमा कोरोना भइरस (कोभिड– १९) सक्रिय सङ्क्रमितको सङ्ख्या फेरि ३० हजार नाघेको छ । सङ्क्रमित थपिने क्रम बढेको र निको हुनेहरू कम हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले ३० हजार तीन सय ९० पुगेको छ ।

नेपालमा हालसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ५० हजार २२ पुगेको छ । संक्रमित मध्ये सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५० हजार चार सय ४५ पुगेको छ, भने ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय सात पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हिजोमात्रै तीन हजार तीन सय ६५ जना नयाँ संक्रमित थपिदा १६ जनाको मृत्यु भएको थियो ।

Next Post

कहाँबाट आयो कति खोप, कति आउन बाँकी ?

२०७८ श्रावण १५, शुक्रबार ०६:४२
काठमाण्डौ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गर्यो । संसदमा विश्वासको मत पाउँदा प्रधानमन्त्री देउवाले पनि आफ्नो पहिलो प्राथमिकता खोप, खोप र खोप तीन पटक वाचन गर्नुभयो । यस्तै माथिका दुई उदाहरणले खोपमा सरकारको प्राथमिकता कति रहेछ भन्ने कुरा […]