भेरी अस्पताल, नेपालगन्ज : १३ जनामा कोरोना पोजिटिभ पुष्टि

  ।   २०७७ पुष ६, सोमबार १५:२३

बाँके । भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको ८५ नमुनाको परीक्षणमा १३ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।

सोमबार दिउँसो तीन बजे अस्पतालले जारी गरेको सूचना अनुसार बर्दियाका ९ जना, बाँके, दाङ, जाजरकोट र आर्मी अस्पतालका एक÷एक जना रहेका छन् ।
प्रयोगशालामा प्राप्त ५१ हजार पाँच सय ८५ जनाको स्वाब नमुना जाँच कार्य सकिएको छ ।

जाँच गरिएका नमुना मध्ये चार हजार नौँ सय ६९ वटा नमुनामा कोरोना पुष्टि भएको अस्पतालद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।

Next Post

नेताहरूको विकृत मानसिकताले संसद् विघटन – प्रधानमन्त्री ओली (पूर्ण पाठसहित)

२०७७ पुष ६, सोमबार १५:२३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूको विकृत मानसिकताका कारण गम्भीर परिस्थितिको सिर्जना भएको बताउनुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारबाट देशवासीको नाममा संवोधन गर्दै उहाँले नेताहरूको विकृत मानसिकताले देशले प्रतिनिधि सभा विघटन जस्तो गम्भीर अवस्था आएको दाबी गर्नुभयो । पद, प्रतिष्ठा र पदसोपानको लोभका कारण अहिलेको अवस्था सिर्जना भएको […]

सम्बन्धित शीर्षक