लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग

  ।   २०७८ श्रावण १, शुक्रबार १७:१३

संवाददाता ।
लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् ।

प्रदेश सरकारले आज अध्यादेशमार्फत बजेट जारी गरेपछि रुष्ठ भएको विपक्षी गठबन्धनले बलजफ्ती, निरङ्कुश र स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्नुको सट्टा मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ ।

प्रदेश सभामा पेश भएको बजेटमाथिको छलफलपछि निर्णयार्थ पेश गर्न लाग्दा पास नहुने देखेपछि ’हठात् मानसिकताबाट ग्रसित भई अधिवेशनको अन्त्य गरेर सोझै अध्यादेशबाट बजेट ल्याउने कार्य असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदम’ रहेको विपक्षी गठबन्धनको ठहर छ ।

 

लुम्बिनी टाइम्स डटकमबाट

Next Post

राजापुर भन्सार कार्यालय बर्दियामा बार्षिक लक्ष्य भन्दा बढी राजस्व असुल

२०७८ श्रावण १, शुक्रबार १७:१३
प्रेम विश्वकर्मा, गुलरिया । राजापुर भन्सार कार्यालय बर्दियाले आर्थिक बर्ष २०७७-०७८ मा बार्षिक लक्ष्य भन्दा बढी राजस्व असुली गर्न सफल भएको छ । २ करोड ३६ लाख ८१ हजार रुपैंया राजस्वको बार्षिक लक्ष्य रहेकोमा २ करोड ३९ लाख ७२ हजार रुपैंया राजस्व असुली भएको हो । यो राजस्व मुद्दा, अवैध माल, […]