उच्च जोखिम मोल्दै आमाले बच्चा जोगाइन नालामा हाम फालिन

  ।   २०७८ असार ४, शुक्रबार ००:०५

समीर अली बेहना,
बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर एघारमा रहेको नाका टोल बासीहरुलाई नालामा फोहोर मैला र पानी जम्मा हुँदा सास्ती भएको छ । वर्षाको मौसममा नालामा पानी जम्मा हुँदा नालापारी रहेको घरपरिवारलाई आवतजावत गर्न निकै कठिनाईको सामना गर्नु परेको स्थानीयहरु बताउँछन् ।

२०५२ तिर तत्कालीन मेयर धवल शमशेर राणाको कार्यकालमा बनाइएको नाला निकै दयनीय अवस्थामा छ । स्थानीयका अनुसार सो नाला टाँगा स्टेण्ड भएर टंडन राइस मील तर्फ जाने गर्थ्यो ।  “जबकी मेयर राणाको कार्यकालमा नालालाई घुमाएर हाम्रो टोल तिर बनाइयो” उनीहरुले थपे । एक महिलाले भावविहल हुँदै भनिन् “नालामा पानी जम्मा हुँदा आउन जान गाह्रो भएको हुन्छ भने घरको सरसामान समेत पानीले बगाएर लग्ने गर्छ ।” तीन दिन अगाडि उहाँको ६ वर्षीय छोरो पानीमा डुब्न लागेको थियो । आमाले छोरो डुब्न लागेको देखेर पानीमा हाम फालेर छोरो जोगाएकी हुन् भन्दै एक महिलाले बताइन् । गर्मीको मौसममा सो नालामा पानी कम भएपनि फोहोर मैला जम्मा भएको हुनाले वर्षामा पानीको स्तर बढ्ने गर्छ । जसले गर्दा नाला पारी भएको स्थानीयलाई आवत जावत गर्न निकै कठिन भएको टोल बासीको गुनासो छ । स्थानीय कलीम खानका अनुसार टोल बासीहरुले  पटकपटक वडा कार्यालय र उपमहानगरपालिकाको ढोका खट्खटाइ सकेका छउन्जेल । उहाँले भन्नू भनुभयो “हामीले वडा कार्यालयलाई  यस विषयमा पटकपटक जानकारी गराउँदा पनि वडा अध्यक्ष उज्ज्वल सिंह राठौरले यो टोलबाट मैले जितेको होइन भन्दै पन्छिन हुन्छ । दिक्क लागेर हामीले आवाज उठाउन पनि बन्द गरेका छौँ ।”  त्यस्तै कुदरतुन कवाडिया बताउनु हुन्छ “नालाको विषयलाई लिएर हामी उपमहानगरपालिकामा समेत पुगेका थियौं । मेयर धवल शमशेर राणाले स्थलगत अवलोकन गर्ने प्रतिबद्धता समेत जताउनु भयो । प्रतिबद्धता गरेको मेयरले अहिलेसम्म स्थलगत अवलोकन गर्न आउनु भएको छैन ।”

स्थानीयका अनुसार नालाको ढक्कन हटाएको करिब २ वर्ष पुग्न लागेको छ । तर नालाको ढक्कन समेत लगाइएको छैन । करिब दुई मिटर चौडाइ भएको नालाको दुई तीन महिनामा एक चोटि सफाई गर्न कुचिकारहरु आउने गरेको छन् । सफाइ गर्न आएको कुचिकारहरुले पुर्ण रूपमा सफाइ नै नगरी गएको उनीहरु बताउँछन् । सरसफाइ गरेको घुर उठाउन गाडी समेत आएको देखिदैन र फोहोर नालामै पुनः जान्छ ।

Next Post

कोहलपुरको प्रतिवोध एफएमले गर्‍यो एम्बुलेन्सको संचालन

२०७८ असार ४, शुक्रबार ००:०५
बाँके । बाँकेको कोहलपुरमा रहेको सामुदायीक रेडियो प्रतिबोध एफएमले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । प्रदेश साँसद पार्वती पुन उषाले साँसद विकास कोष अन्तर्गत उपलब्ध गराएको सहयोग रकम मार्फत खरीद गरीएको एम्बुलेन्सको बिहिबार एक समारोहका बिच उद्घाटन गरीएको छ । प्रदेश साँसद उषा र कोहलपुर नगरपालिकाका मेयर लुटबहादर रावतले संयुक्त […]

सम्बन्धित समाचार