बाँकेमा कोरोनालाई जित्नेको सँख्या दैनिक बढ्दै गएको छ । शुक्रबारसम्म ८ सय ११ (बाहिरी जिल्लाका समेत) जनालाई कोरोना संक्रमण देखिएकोमा ५ सय ६८ जना निको भएर भई डिस्चार्ज भएका छन् ।
यसैक्रममा शनिबार थप २१ जनालाई डिस्चार्ज गर्न लागिएको छ । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आज (शनिबार) ८ जना महिला सहित १३ जना पुरुष घर फर्कदैं छन ।
कोरोना परिक्षणको रिपोर्टमा पुष्टि भएएपछि उनिहरुलाई गत साउन २४ गते आईसोलेशन सेन्टरमा भर्ना गरिएको थियो । आईसोलेशनमा राखिएको १४ दिनपछि कोरोनाको लक्षण नदेखिएका ब्यक्तिहरुलाई डिस्चार्ज गर्न लागिएको श्रेष्ठले जनाउनु भएको छ । श्रेष्ठका अनुसार बाँकेका बिभिन्न आईसोलेशन सेन्टरमा अझैं पनि २ सय ३५ जनाको उपचार भईरहेको छ ।



