नेपालगंज । एफ.जी.टी.चर्च विकासनगर २ नेपालगंज बाँकेले भेरी अस्पताल र नेपालगंज उपमहानगरपालिकालाई कोभिड विरुद्ध लड्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छ ।
जसमा पीपीई, सर्जिकल माष्क, ग्लोब्स पंन्जा, अक्सीमिटर, स्यानिटाइजर, थर्मल गन रहेको चर्चका पास्टर रमेश भण्डारीले जानकारी दिनुभयो । यि स्वास्थ्य सामग्री आज नै हस्तान्तरण गरिएको हो ।
यो चर्चले गत साल पनि विभिन्न ठाउँमा पुगी लकडाउनका बेला खाधान्न सहयोग गरेको थियो ।