कोभिड- १९ खोपबारे केही रोचक तथ्य, परीक्षणकालमै ४ वटा अस्वीस्कृत

  ।   २०७७ माघ १८, आईतवार ०८:२५

काठमाडौं । सामान्यतस् कुनै पनि रोगविरुद्धको खोप प्रयोगका लागि तयार बनाउन कम्तीमा १० देखि १५ वर्षसम्म लाग्छ । यो अवधिमा खोपलाई पाँच चरणमा विकास गर्नुपर्ने हुन्छ भने मनिसमा तीनवटा चरणमा परीक्षण गर्नुपर्ने हुन्छ ।

कोभिड– १९ विरुद्धको खोप आपत्‌कालीन प्रयोगमा ल्याउनुपर्ने भएकाले यसको विकास नौ महिनामा गरिएको थियो । खोप उत्पादन सुरु हुँदादेखि प्रयोगमा आउँदासम्मको अवधिका केही तथ्य यस्ता छन् ।

१. कोभिड १९ विरुद्धको खोप हालसम्मकै सबैभन्दा कम समयमा विकास भएको खोप हो अहिलेसम्मको अध्ययनमा सबैभन्दा कम अवधिमा विकास भएको यो पहिलो खोप हो । यसअघि सन् १९६७ मा रुबेलको खोप ४ वर्ष लागएर विकास गरिएको थियो ।

२. कोभिड १९ विरुद्धको खोप विकास गर्न १०० भन्दा बढी अध्ययन भएका थिए । यसको अध्ययनको सुरुवात मार्च ३० सन् २०२० मा अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागबाट भएको थियो ।

३. कोभिड १९ विरुद्ध विकास भएको पहिलो खोप फाइजर र दोस्रो मोर्डना खोपका लागि पहिलो लगानी जर्मन सरकारले गरेको थियो । पछि विभिन्न देशको अर्थिक सहयोगमा यी खोप विकास भए ।

४. कोभिड १९ विरुद्धको खोपको प्रि(क्लिनिकल ट्रायल बाँदरमा गरिएको थियो । अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएको गाइडलाइनअनुसार मानिससँग मिल्ने जनावरमा प्रि(क्लिनिकल परिक्षण गर्नुपर्ने भएकाले बाँदरमा गरिएको हो । चीनले १६ अप्रिल २०२० मा केही बुढा बाँदरहरूमा खोपको परिक्षण गरिएको थियो ।

५. सामान्यतस् खोपहरू मानिसको पाखुरा, नाकमाथि या नसामा दिइन्छ । त्यसमध्ये अधिकांस देब्रे पाखुरामा लगाइन्छ । पाखुराबाट रगत प्रवाह राम्रोसँग हुने र सबैतिर पुग्न सजिलो हुने भएकाले यसो गरिएको हो गरिएको हो । कोभिड(१९ विरुद्धको खोपको केही साइड इफेक्ट भइहाले धेरै असर नपरोस् भनेर देब्रे पाखुरामा दिने गरिएको हो ।

६. कोभिड १९ विरुद्धको खोप विकासका लागि दर्ता भएका ९५ वटा खोप परीक्षणको दायरामा आएकामध्ये चारवटा पहिलो चरणको परीक्षणबाटै अस्वीकृत भएका थिए । बेलायत, अस्ट्रिया र अस्ट्रेलियाका विभिन्न कम्पनीले उत्पादन गरेका ती खोप पहिलो चरणको परीक्षणमै मानिसको शरीरमा संक्रमण, एलर्जीलगायत नकारात्मक असर देखाएपछि विश्व स्वास्थ्य संगठनले उत्पादन अस्वीकृत गरेको थियो ।

स्रोत : डब्ल्युएचओ, एफडीए र भ्याक्सिन ट्रयाकर

Next Post

चिसो बढेपछि विद्यालय बन्द गर्न आग्रह

२०७७ माघ १८, आईतवार ०८:२५
संवाददाता, नेपालगंज। चिसो बढेपछि बाँकेको नेपालगंज क्षेत्रमा संञ्चालीत सबै विद्यालयहरु बन्द गर्न आग्रह गरिएको छ । नेपालगंज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आज एउटा सूचना जारी गरि समुदायिक, संस्थागत र धार्मिक विद्यालयहरु यही माघ २२ गते सम्म बन्द गर्न आग्रह गरेको हो । मौसम सफा भई घाम लागेको खण्डमा […]