मौसमः उच्च हिमाली भूभागमा हिमपात, प्रदेश १ मा सामान्य पानी पर्ने, तराईमा हुस्सु

  ।   २०७७ मंसिर २६, शुक्रबार ०८:०१

काठमाण्डौ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै प्रदेश १ को पहाडी भूभागका एकरदुई ठाउँमा सामान्य पानी पर्ने सम्भावनासमेत रहेको महाशाखाका मौसमविद्ले बताएका छन् ।

अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । नेपालमा पश्चिमी वायुको प्रवेशसँगै अरेबियन सागरको जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकोले मौसममा परिवर्तन आएको महाशाखाले जनाएको छ ।

यसका कारण देशका धेरै ठाउँको तापक्रम घटेको र तराईका धेरैजसो ठाउँमा बिहानैदेखि हुस्सु लाग्न सुरु भएको छ । तराई क्षेत्रमा हुस्सुका कारण सडक र हवाई यातायातमा प्रभाव पर्ने भएकोले विशेष सावधानी अपनाउन महाशाखाका मौसमविद्ले आग्रह गरेका छन् ।

यस्तै महाशाखाले निकालेको बुलेटिनअनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।

Next Post

आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै

२०७७ मंसिर २६, शुक्रबार ०८:०१
काठमाण्डौ । आज, अन्तर्राष्ट्रिय पर्वतीय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पर्वतीय क्षेत्र नै पानीको मुख्य स्रोत भएकाले यसको संरक्षणमा जोड दिँदै आइएको छ । पिउन योग्य पानी र जीवनरक्षक धेरै जडिबुटी पर्वतीय क्षेत्रबाट नै पाइन्छ । पृथ्वीको कुल क्षेत्रमध्ये २२ प्रतिशत पर्वत क्षेत्र पर्ने र विश्वको […]