एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा चेल्सी शीर्ष स्थानमा पुगेको छ ।
आफ्नै घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा गएराति भएको खेलमा लिड्स युनाइटेडलाई ३–१ गोलले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा पुगेको हो । लिड्ससँगको खेल जितेसँगै चेल्सीको ११ खेल खेल्दा २२ अङ्क जोडेको छ । चेल्सीसँग पराजित भएको लिड्स ११ खेलमा १४ अङ्कसहित १३ औँ स्थानमा रहेको छ ।
यसअघि चेल्सीको मैदानमा भएका दुई क्लबबीचको १२ प्रतिस्पर्धामध्ये २ खेलमा मात्रै लिड्स विजयी हुन सफल भएको छ । लिड्स र चेल्सीबीच २०१० को ईएफएल कपमा पनि प्रतिस्पर्धा भएको थियो । त्यसबेला चेल्सीले लिड्लाई ५–१ गोलले पराजित गरेको थियो ।
अंक तालिकामा टोटनह्याम हटस्पर १० खेल खेल्दै २१ अंक बनाएर दोस्रो स्थानमा छ ।