बाँके जिल्लाबाट आज थप ४४ जना कोरोना जितेर घर फर्किदै

  ।   २०७७ कार्तिक २८, शुक्रबार ०९:०९

बाँके । जिल्लाबाट आज (शुक्रबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ४४ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा २६ जना महिला र १८ जना पुरुष रहेका छन् । यो सँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या तीन हजार दुई सय ३८ पुगेको छ ।

बाँकेमा हालसम्म तीन हजार पाँच सय २२ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये ३६ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले दुई सय ७३ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ९१.९४ प्रतिशत, मृत्यु दर १.०२ प्रतिशत र रोगको प्रकोप दर ०.५९ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

Next Post

नेपालगन्ज उद्योग बाणिज्य संघले दियो धन्यवाद

२०७७ कार्तिक २८, शुक्रबार ०९:०९
नेपालगन्ज / नेपालगन्ज उद्योग वाणिज्य संघले एकिकृत भन्सार जाँचचौकी (आइसीपी)को निर्माण कार्य बढाएकोमा नेपाल र भारत सरकारलाई धन्यवाद दिएको छ । नेपालगन्जस्थित नेपाल –भारत क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) को नेपालका सहकारी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतका उद्योग वाणिज्य मन्त्री पियुष गोयलद्धारा संयुक्तरुपमा शिलान्यास भएको थियो । शिलान्यास […]

सम्बन्धित शीर्षक