बाँकेमा कोरोना संक्रमित संख्या साढे तीन हजार नजीक

  ।   २०७७ कार्तिक २७, बिहीबार ०७:०७


बाँके । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या तीन हजार चार सय नाघेको छ । बुधबार थप ४३ जनामा कोरोना सङ्क्रमण देखिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार चार सय ९१ पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा २१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार एक सय ५० पुगेको बाँकेका कोरोना संम्पर्क ब्यक्रि नरेश बाबु श्रेष्ठले जानकारी दिनुभयो ।

अब बाँकेमा तीन सय ६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका डीसीसीएमसी बाँकेले जनाएको छ ।

बाँके कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३५ पुगेको छ । बाँकेमा बिरामी निको हुने दर ९०.२३ प्रतिशत, मृत्यु दर १.०० प्रतिशत र रोगको प्रकोप दर ०.५८ प्रतिशत रहेको छ ।

Next Post

कोरोना विरुद्धको रुसी खोपको उत्साहजनक नतिजा, ९२ प्रतिशत प्रभावकारी भएको दाबी

२०७७ कार्तिक २७, बिहीबार ०७:०७
बीबीबी । रुसमा निर्मित कोरोना विरुद्धको खोपको ट्रायलबाट प्राप्त प्रारम्भिक नतिजाले यसलाई ९२ प्रतिशत प्रभावकारी देखाएको छ । १६ हजार स्वयमसेवकहरुलाई ‘स्पट्निक भी’ खोप लगाएको डाटाका आधारमा नतिजा सार्वजानिक गरिएको हो । यसबारे कति वैज्ञानिकहरुले खुसी जनाएका छन् भने कतिले चाहिँ डाटा निकाल्नमा हतार गरिएको बताएका छन् । केही दिन […]