बाँके जिल्लाबाट आज थप २१ जना कोरोना जितेर घर फर्किदै

  ।   २०७७ कार्तिक २६, बुधबार ०८:०८


बाँके । बाँके जिल्लाबाट आज (बुधबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका २१ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा ९ जना महिला र १२ जना पुरुष रहेका छन् । यो सँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या तीन हजार एक सय ५० पुगेको छ ।

बाँकेमा हालसम्म तीन हजार चार सय ४८ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये ३५ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले २८४ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ९१.३६ प्रतिशत, मृत्यु दर १.०२ प्रतिशत र रोगको प्रकोप दर ०.५७ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

Next Post

बाँकेमा कोरोना संक्रमित संख्या साढे तीन हजार नजीक

२०७७ कार्तिक २६, बुधबार ०८:०८
बाँके । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या तीन हजार चार सय नाघेको छ । बुधबार थप ४३ जनामा कोरोना सङ्क्रमण देखिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार चार सय ९१ पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा २१ जना निको […]

सम्बन्धित समाचार