बंगलादेशसँग ५० हजार मेट्रिक टन मल किन्ने सरकारको निर्णय

  ।   २०७७ कार्तिक २५, मंगलवार ०७:५२

काठमाण्डौ | बंगलादेशले मल पैँचो नदिने भएपछि सरकारले मल खरिद नै गर्ने भएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल खरिद गरेर ल्याउने निर्णय गरेको हो । यसअघि सरकारले बंगलादेशबाट पैँचोमा मल ल्याउने तयारी गरेको थियो । तर, बंगलादेशले पैँचोमा मल दिन आनाकानी गरेपछि खरिद गर्न निर्णय भएको हो ।

सरकारले अब बंगलादेशसँग जीटुजी मोडलमा मल खरिद गरेर ल्याउन तयारी गरेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि कृषि सामग्री कम्पनी लिमिटेडले बंगलादेशसँग मूल्यका विषयमा छलफल गरी आयातको सम्झौता गर्ने छ । सकेसम्म सस्तोमा मल खरिद गर्ने नेपालको तयारी छ ।

ठेकेदारको लापरबाहीका कारण नेपालमा हरेक वर्ष रसायनिक मल अभाव हुने गरेको छ । यसैबीच, सोमबारको मन्त्रिपरिषद्ले नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।

Next Post

काठमाण्डौको न्यूनतम तापक्रम आज ९ डिग्री सेल्सियस

२०७७ कार्तिक २५, मंगलवार ०७:५२
काठमाण्डौ । काठमाण्डौको न्यूनतम तापक्रम आज ९ डिग्री सेल्सियस मापन गरिएको छ । यो हिजोको भन्दा १ डिग्री सेल्सियसले बढी हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको थियो । बिहान बेलुका चिसो बढे पनि दिउँसोको समयमा आज घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । काठमाण्डौको अधिकतम […]