नेपालगन्ज स्वास्थ्य चौकी प्रांगणमा वृक्षारोपण : “सबैका लागि रुख, सधैँका लागि रुख”

  ।   २०८२ असार २८, शनिबार १४:०४

सबिता चन्द
नेपालगन्ज । “सबैका लागि रुख, सधैँका लागि रुख” भन्ने मूल नाराका साथ नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित स्वास्थ्य चौकीको प्रांगणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

बास नेपाल वातावरण विभाग र बाँके शाखाको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा गुलमोहर, शीतलचिनी, जकरंडा, बेल लगायत विभिन्न प्रजातिका दुई दर्जनभन्दा बढी विरुवाहरू रोपिएका छन्।

स्वास्थ्य चौकीको वातावरणलाई हरियाली र स्वच्छ बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, वातावरण विभाग संयोजक हेमन्तराज काफ्ले, निर्देशक तथा सह–संयोजक हेमराज भट्ट, बाँके शाखा अध्यक्ष रामु चिडिमार, पूर्व अध्यक्ष शोभा थापा मगरसहित स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै संयोजक काफ्लेले, “नेपालगन्जलाई हरित नगर बनाउन वातावरण विभागको अगुवाइमा यस वर्ष हरेक वडामा १०० बिरुवाका दरले २,३०० भन्दा बढी बिरुवा रोप्ने अभियान अघि बढाइएको छ,” भन्नुभयो ।

बास नेपाल बाँके शाखाले जिल्लामा सुशासन प्रवर्द्धन, वातावरण संरक्षण तथा जनचेतनामूलक विविध गतिविधिहरू निरन्तर सञ्चालन गर्दै आएको छ।

Next Post

‘नेपालगन्ज नाइट रन’ ले पायो अन्तर्राष्ट्रिय मान्यता, एम्समा आबद्ध हुने नेपालको चौथो दौड

२०८२ असार २८, शनिबार १४:०४
नेपालगन्ज । नेपालको एक मात्र रातको समयमा हुने १० किलोमिटर दौड प्रतियोगिता ‘नेपालगन्ज नाइट रन’ अब विश्व दौड मञ्चमा औपचारिक रूपमा प्रवेश गरेको छ। एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (AIMS) मा आबद्ध भएसँगै यो प्रतियोगिता अन्तर्राष्ट्रिय क्यालेन्डरमा सूचीकृत हुने भएको छ। नेपालगन्ज म्याराथनका संस्थापक तथा एम्सका नेपाल प्रतिनिधि […]