कोभिड–१९ को महामारी, मौसमी स्वास्थ्य समस्या र चाडपर्व

  ।   २०७७ कार्तिक २१, शुक्रबार १३:००

हिजोआज कोभिड–१९ को संक्रमण फैलिरहेकै बेला मौसमी स्वास्थ्य समस्या पनि देखा पर्न थालेका छन । समान्यत : साधारण रुघाखोकी, ज्वरो जस्ता स्वास्थ्य समस्या देखिन थालेपछि महामारीका बेला झनै सर्वसाधारण आत्ति रहेका छन । कोरोना र मौसमी फ्लु्का लक्षणहरु मिल्दा जुल्दा हुन्छन ? कसरी छुट्टाउने ? सावधानीका उपाय के हुन सक्छन ? यसै बिषयमा भेरी अस्पताल नेपालगंजमा कार्यरत फिजिसियन डाक्टर रजनी केसी (शाह) सँग प्रेम विश्वकर्माले गर्नुभएको कुराकानी आधारित केही अंश :

 

१. कोभिड–१९ को महामारी र अहिलेको मौसमी स्वास्थ्य समस्या, चाडपर्वलाई यहाँले कसरी हेर्नुभएको छ ?

कोभिडको महामारीले अहिले सबै जना त्रसित छौं । त्यसमाथी मौसम परिवर्तन र चाडपर्व पनि सगैं परेको छ । यसले झन बढी जोखिम बढाएको छ नै । यतिकै पनि साधारण रुघाखोकी लगायतका स्वास्थ्य समस्याहरु यो बेलामा देखा पर्छन ।

करिब १ बर्ष पुग्नै लाग्दा पनि महामारी नियन्त्रणमा आउन सकेको छैन । चाडपर्वका बेला अलि भीड हुने हुँदा सबै किसिमको संक्रमण फैलिने डर त्रास देखिन्छ ।

२. कोरोनाको अनुभव यहाँले पनि गर्नुभएको छ, कसरी चाँही संक्रमण मुक्त हुनु भयो ?

म त शुरु देखी नै अग्रपक्तिमा खटिएर काम गरे । खजुरा आइसोलेसन अस्पताल, भेरी अस्पतालमा काम गर्दा गर्दै त्यहीका बिरामीबाट मलाई पनि संक्रमण भयो मलाई । सर्छ भनेर कामै नगर्ने भन्ने हुर्दैन । काम गरियो, काम अहिले पनि गरिरहेका छौं ।

शुरुमा घाँटी दुख्ने, खस्खसाउने लक्षण देखियो । त्यसपछि १ दिन घरमै आइसोलेट भई बसे । दोस्रो दिनमा मलाई ज्वरो १०३–१०४ डिग्री सेल्सियस सम्म देखियो, अक्सिजनको मात्रा पनि ९३–९४ प्रसेन्टमा आयो ।

त्यसपछि म आफै भेरी अस्पतालमा गएर कोरोना जाँच गराए । त्यही दिन राती रिपोर्ट पोजेटिभ (संक्रमण) भएको आयो । अनि छोरा बाहेक श्रीमान, छोरीको पनि पोजेटिभ (संक्रमण) भएको रिपोर्ट आयो । शुरुमा श्रीमानलाई पनि केही लक्षण थिएन ।

पछि खोकी, ज्वरो, देखियो । छोरीलाई पनि त्यस्तै समस्या थियो । शुरुमा हामीलाई गाहे नै भएको थियो । हामीले कोरोना संक्रमणबाट मुक्त हुन अस्पताल र घरमा सेल्फ आइसोलेसनमा बस्नु पर्यो । लक्षण अनुसारको औषधीहरु प्नि खायौं ।

३. कोरोना र मौसमी रुखाखोकीका लक्षणहरु मिल्दा जुल्दा छन ? कोरोना हो वा होइन कसरी छुट्टाउने ?

पहिलेका बर्षहरुमा जस्तो हामीले हेलचेक्राई गर्न भएन । साधारण नै रुघाखोकी लागेको जस्तो भएपनि आफुले एकचोटी नजिकको फिजिसियन डाक्टर साव सँग सल्लाह गरौं, चेकजाँच गराऔं ।

साधारण रुघाखोकी हो भने एक, दुई दिनमा कम हुने हुन्छ । अब कोरोनाकै संक्रमण भएर हो भने एकदमै धेरै ज्वरो आउने, श्वास फेर्न गाहे हुने, अक्सिजनको मात्राहरु शरीरमा कम हुने हुन्छ । शरीर, टाउको एकदमै दुख्ने हुन्छ, कसैलाई पखाला लाग्ने, कसैलाई स्वाद नआउने पनि हुन्छ ।

मेरो अनुभव र कामका आधारमा आफै घरमा तात्तो पानी खाएर, साधारण औषधी खाएर मलाई ठिक हुन्छ भनेर नबसौं, पहिलेको जस्तो गरी भन्ने मेरो सल्लाह छ सबैजनालाई ।

४. तपाईले दैनिक जसो रोगी बिरामीहरुको जाँच, उपचार सेवा दिई रहनुभएकोे छ ? खासगरी कोभिडको उपचारमा के कस्ता औषधीको प्रयोग गरिरहनुभएको छ ?

अहिले सम्म डब्लुएचओ, अथवा अरु कुनै पनि अनुसन्धानले कोरोनाको उपचारमा यही औषधी प्रयोग गर्न सकिने भनेर पत्ता लगाउन सकेको छैन । शुरुमा लक्षण बिनाका संक्रमित धेरै थिए, उनीहरुलाई खास्सै समस्या भएन ।

अहिले संक्रमण दर बढ्दै जाँदा ३०–४० प्रतिशत बिरामी लक्षण सहित शिकिस्त अवस्थाका भेटिएका छन । कोरोनाको औषधी भने केही पनि छैन । तर लक्षण देखियो भने अब लक्षण अनुसार हामीलाई उपचार परामर्श दिन्छौं ।

अस्पतालमा राखिएका जटिल खालका बिरामीहरुको दैनिक जसो छातीको एक्सरे गराउँने गर्छौं । यसले गर्दा संक्रमितको अवस्था अनुसार एण्टी भाइरल मेडिसिन (रेम्डीसीबीर) कुन बेला दिने, अथवा संक्रमण मुक्त भएकाबाट प्लाजमा लिएर थेरापी गराउने भन्ने हुन्छ ।

यसैगरी भिटामिन सि, जिंक ट्ब्यालेट, क्लासियम पनि छ । ज्वरो, रुघाखोकी धेरै छ भने एन्टीबायोटिक औषधीहरु चलाउनु पर्ने हुन्छ । जुन सरकारले बनाएको मापदण्ड अनुसार हुन्छ ।

५. जो स्वास्थ्य संस्थाबाट टाढा छन ? समयमा पुग्न सक्दैन्न, उनीहरुले घरमै उपलब्ध त्यस्ता केही चिज बस्तुहरुको प्रयोग गरेर जोखिम कम गर्न सक्छन की सक्दैन ?

अहिले होम आइसोलेसनमा बस्दा पनि निश्चित मापदण्ड बनाईएको छ । हामी कोही न कोही स्वास्थ्यकर्मी, डाक्टरको सम्र्पकमा हुनै पर्छ । त्यो फोन बाट पनि हुन सक्छ ।

अब उनीहरुले भिटामिन सि प्रयोग गर्न सक्छन, यसले रोग सँग लड्न सक्ने क्षमता बढाउँछ । आयुर्वेद र हर्बलमा म निश्चित छैन, किनकी म यता फिजिसियन भएको हुनाले । अब तात्तो पानी रुघाखोकी समान्य लाग्छ भने ठिकै हो ।

अरु बेला पनि घाँटी दुख्दा हामीले तात्तो झोलिलो कुराहरु बढी खानु पर्छ । तात्तोपानीको बाफ लिनु पर्छ । होम आइसोलेसन हुनुहुन्छ भने, दुई वटा चिज चाँही नबिर्सनुहोस, कसैले पनि । एउटा थर्ममिटर, अर्को पल्स आँक्समिटर ।

यो आफैंले पनि गर्न सकिन्छ, सहजै किन्न पनि पाईन्छ । समय–समयमा आफनो तापक्रम नाप्ने, अक्सिजनको मात्रा हेर्ने । अर्को कुरा दम, सुगर लगायतका दिर्घरोगीहरुले कोरोनाको कुनै लक्षण नभएपनि एक पटक एक्सरे, रगत जाँच गराउनुहोस ।

किनभने कहिले कँही साइलेन्ट निमोनियाँ पनि हुन सक्छ । जसले एकैपटक च्याप्छ र ज्यानै जान सक्छ । सकभर दिर्घरोगी होम आइसोलेसन नबस्नुहोस । अस्पतालमै पुग्नुहोस ।

६.कोरोना संक्रमण हुनुका कारणहरु केके पाउनुभएको छ ?

यसमा मास्क नलगाई बस्ने, सामाजिक दुरी कायम गर्ने, र स्वास्थ्य सुरक्षाका सावधानी नपनआउदाँ नै संक्रमण हुने हो । मास्क भनेको आफु पनि संक्रमण हुन बाट बच्ने हो र अरुलाई पनि बचाउने हो । अर्को हन्ड स्यानेटाइज र हन्डवासको कुरा छ ।

यसमा हामीले पटक–पटक राम्ररी हात धुनु पर्यो । सामाजिक दुरी कायम राख्ने गर्नुपर्छ । बाहिर भीडभाँडमा नगई भित्रै बस्दा पनि कोरोना संक्रमण भयो भने अच्चम मान्नु पर्दैन । किनकी बाहिरबाट को आयो भन्ने सोच्नु पर्छ ।

जस्तो ६ महिना यता मेरो बच्चाहरु घरको गेटभन्दा बाहिर कतै निस्कीएका छैन्न । तर संक्रमण भयो, किनकी म डाक्टर भएकाले मैले नै सावधानी अपनाउँदा अपनाउँदै मेरै बच्चामा सारे भनम । यस्तो अवस्था धेरै जना ब्यक्तिको देखिन्छ ।

काम, जागिर गनैं पर्यो । एक–दु्ई दिनको कुरा होइन, काम नगरी त जसलाई पनि छाक टार्न गाहे हुन्छ । त्यही काम गर्दा खेरी हामी बाहिरीबाट काम गरेर जानेहरुले घरमा लैजाने हो ।

त्यो कारणले गर्दा खेरी हामी बाहिरीबाट आइसकेपछि लुगाकपडाहरु राम्ररी सुकाउने वा ब्यवस्थापन गर्ने । अनि मात्रै घरको अरु सदस्यहरु सँग सम्र्पकमा आउने गर्नुपर्छ । हामी साथीभाई भन्छौं, एकछिन त हो भन्छौं ।

यी नै साना–साना कुरालाई बेवास्था गर्दा, ध्यान नदिँदा संक्रमण फैलिरहेको छ जस्तो लाग्छ । मुख्यगरी हाम्रो आँखा, मुख, नाकलाई हात राम्ररी सफा नगरी छुने, चलाउने नगरौं ।

 

Next Post

के महामारीमा होटलमा बस्नु सुरक्षित हुन्छ ?

२०७७ कार्तिक २१, शुक्रबार १३:००
न्यूयोर्क/ कोरोनाभाइरसको महामारी चलिरहेका बेला होटलमा बस्नु सुरक्षित होला की नहोला ? अहिले धेरै मानिसलाई यो प्रश्नले सताइ रहेको पाइन्छ । अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले यस बारेमा धारणा सार्वजनिक गर्दै स्पष्ट पारेको छ । उसका अनुसार कोरोनासँग सुरक्षित रहनका लागि होटलमा बस्नु भन्दा घरमा बस्नु नै सुरक्षित हुनेछ […]