एकैदिन अहिलेसम्मकै धेरै १५३९ जनामा कोरोना सङ्क्रमण, १०६८ जना डिस्चार्ज

  ।   २०७७ भाद्र ३१, बुधबार १६:४१

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५८ हजार तीन सय २७ पुगेको छ । गएको २४ घण्टामा एक हजार पाँच सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार चार सय ९४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ३९ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा एक हजार ६८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४१ हजार सात सय ६ पुगेको छ ।

अब नेपालमा १६ हजार दुई सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार आठ सय २० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Next Post

हुम्लाको सर्केगाडमा अज्ञात रोगका बिरामी बढे, स्वास्थ्य संस्थामा औषधि अभाव

२०७७ भाद्र ३१, बुधबार १६:४१
सिमकोट । जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको संख्या बढ्दै गएको छ। विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको संख्या बढ्दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिनुभयो। गाउँमा हरेक दिन बिरामीको संख्या बढ्दै गएपछि अहिले १५ देखि २० […]

सम्बन्धित शीर्षक