बाँके । बाँकेमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई हजार ९७७ पुगेको छ ।
गएको २४ घण्टामा ३२ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ९७७ पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ४२ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई हजार ९५७ पुगेको छ ।
अब बाँके जिल्लामा ५९० जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै गएको २४ घण्टामा १ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्ला भित्रका ३० जना र जिल्ला बाहिरका यस जिल्लामा १६ जनाको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।