नर्ससम्बन्धी पहिलो गीत ‘हामी नर्स’ सार्वजनिक

  ।   २०७७ आश्विन ११, आईतवार १६:०३

‘आफैँसँग हाँस्दै, हाँस्दै –प्रकाश दिने दियोजस्तै
उध्रिएको मन सिउने धागो अनि सियोजस्तै
हामी नर्स, दियोजस्तै बलिरहन्छौँ
हामी नर्स सियोजस्तै चलिरहन्छौँ…’

नर्सहरू सम्बन्धीको गीतका हरफ गुनगुनाइ रहँदा मीना कार्की प्रफुल्लित देखिनुहुन्थ्यो । किनभने यो नर्सहरू सम्बन्धीको पहिलो नेपाली गीत हो । राजकुमार बगरको शब्द र संगीतमा नेपालमै पहिलोपटक नर्सहरूसम्बन्धी गीत गाउनुभयो मीनाले ।

मीना आफैँ पनि नर्स हुनुहुन्छ । २५ वर्षदेखि नर्सिङ पेसामा कार्यरत मीना अहिले लगनखेलस्थित मानसिक अस्पतालमा सेवारत हुनुहुन्छ ।

नर्सलाई धर्तीका सेता फूल भन्ने गरिए पनि नर्सको हौसला बढाउने, नर्सको महत्व दर्शाउने गरी कुनै गीत नभएको थाहा पाएपछि मीनाले राजकुमार बगरलाई नर्ससम्बन्धी गीत लेखिदिन आग्रह गर्नुभयो ।

‘नेपालमा नर्सको गीत नै छैन भन्ने थाहा पाएपछि मैले राजकुमार बगर सरलाई गीत लेखिदिन आग्रह गरेँ,’ मीनाले भन्नुभयो ।

समग्र स्वास्थ्य सिस्टमका ‘ब्याक बोन’ भनिने नर्सहरूको सम्मानका लागि विश्व स्वास्थ्य संगठनले सन् २०२० लाई नर्सहरूको वर्ष भनेर घोषणा गरेको छ । एकातिर कोभिड– १९ माहामारी फैलिएको ।

अर्कोतिर विश्व स्वास्थ्य संगठनले नर्सहरूको वर्ष घोषणा गरेको समय पारेर आफूले नर्सहरूको गीत लेख्न लगाएर गाएको बताउँनुहुन्छ मिना ।

उहाँ भन्नुहुन्छ, ‘अहिले संसारभर नर्सहरूको महत्व बढेको छ । त्यही सन्दर्भ पारेर नेपाली भाषामा पनि नर्सहरूको महत्व देखाउने गरी गीत बनाएकी हुँ ।’

नर्सहरूका विषयमा हुने विभिन्न कार्यक्रममा अरू नै गीत बज्ने गरेको सुनाउँदै उहाँ भन्नुहुन्छ्, ‘हाम्रा कार्यक्रममा सधैँ अरू नै सन्दर्भका गीत बज्थे । तर, अब त नर्सले नै गाएको नर्सहरूको गीत बजाउनुपर्छ भनेर पनि यो गीत गाएकी हुँ ।’

नर्सिङ पेसामै रहेर यसअगाडि पनि गीत रेकर्ड गराईसक्नुभएका मीनाले अहिलेसम्म पनि गायनको औपचारिक शिक्षा लिनुभएको छैन । ‘औपचारिक रूपमा गायन पढनुभएको छैन् । स्कुल पढ्दादेखि नै गीत गाउने गर्थेँ, अहिले पनि रहरले नै गाउँछु,’ मीना भन्नुहुन्छ ।

आफूले गाएको गीतले कोरोना भाइरसको महामारीसँग अग्रभागमा लडिरहेका नर्सलाई हौसला, उत्प्रेरणा, संयमता र धैर्य दिलाउने विश्वास व्यक्त गर्नुहुन्छ, मीना ।

‘यो संकटको समयमा नर्सहरू आत्तिएका छन् । कतिलाई जागिरबाट निकालिएको छ । कति त असुरक्षित छन्,’ उहाँ भन्नुहुन्छ, ‘यो गीतले नर्सहरूलाई त हौसला दिने नै छ, सँगै अरू मान्छेलाई पनि नर्सको महत्वबारे बुझाउँछ भन्ने विश्वास छ ।’

नयाँ पत्रिकाबाट 

HAMI NURSE (WE NURSE) || हामी नर्स || 

 

Next Post

बाँकेमा कोरोना रोगको प्रयोग दर ०.३० प्रतिशत

२०७७ आश्विन ११, आईतवार १६:०३
 नेपालगंज । बाँकेमा कोरोना संक्रमितहरुको संख्या १ हजार ८ सय २१ जना पुगेको छ । आज मात्रै पनि भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा ८ जना र नेपालगंज मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोशाला र वागेश्वरी ल्यावबाट ८ जना गरी १६ जनालाई कोरोनाको संक्रमण पाईएको छ । जसमध्ये ५ महिला र ११ जना […]