दुई मन्त्रालय टुक्राउने बारे चर्चा

  ।   २०७७ आश्विन ११, आईतवार १५:४५

मन्त्रिपरिषद्को बैठक सकिएको छ । आज मध्यान्ह प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको छ ।

नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग नआएको सहभागी मन्त्रिको भनाई छ ।

मन्त्रीमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय नेकपा दुई अध्यक्षबीच छलफल चलिरहेको छ । उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्राउनेबारे पनि चर्चा चलेको छ ।

रातोपाटीबाट

Next Post

नर्ससम्बन्धी पहिलो गीत ‘हामी नर्स’ सार्वजनिक

२०७७ आश्विन ११, आईतवार १५:४५
‘आफैँसँग हाँस्दै, हाँस्दै –प्रकाश दिने दियोजस्तै उध्रिएको मन सिउने धागो अनि सियोजस्तै हामी नर्स, दियोजस्तै बलिरहन्छौँ हामी नर्स सियोजस्तै चलिरहन्छौँ…’ नर्सहरू सम्बन्धीको गीतका हरफ गुनगुनाइ रहँदा मीना कार्की प्रफुल्लित देखिनुहुन्थ्यो । किनभने यो नर्सहरू सम्बन्धीको पहिलो नेपाली गीत हो । राजकुमार बगरको शब्द र संगीतमा नेपालमै पहिलोपटक नर्सहरूसम्बन्धी गीत गाउनुभयो […]