लागुऔषध विरुद्ध बिधार्थीहरुमा सचेतना जगाउन मधुवनमा अन्तरक्रिया

  ।   २०८३ श्रावण ३१, आईतवार १६:२१

नेपालगन्ज । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा “फरक सन्दर्भ, साझा आकांक्षा” भन्ने मूल भावकासाथ बर्दियाको मधुवन नगरपालिकामा युवाकेन्द्रित सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

मधुवन नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लब तथा जिल्ला प्रहरी कार्यालय, बर्दियाको समन्वयमा सो कार्यक्रम सञ्चालन गरिएको हो । लागु औषध दुब्र्यसनी विरुद्ध बिधार्थीहरुमा सचेतना जगाउने उदेश्यले शुक्र माध्यमिक विद्यालय, भृकुटी माध्यमिक विद्यालय र धर्मज्योति माध्यमिक विद्यालयका बालबालिकाहरुलाई सो अभिमुखिकरण गरिएको हो

मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा महिला, बालबालिका शाखा प्रमुख इन्द्रा चुनारा, शिक्षा शाखा प्रमुख नारायण खनाल, वडा अध्यक्ष हर्क बहादुर बस्नेत, दिलिप गुरुङ, वडा सचिब शोभा शर्मा, बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बी.के., फिल्ड सुपरभाइजर सबित्रा भाटका साथै शिक्षक तथा विद्यार्थीहरूको ठुलो संख्यामा सहभागिता रहेको थियो ।

विद्यार्थी तथा युवाहरूलाई लागुऔषध दुव्र्यसन र यसका नकारात्मक प्रभावहरूबारे सचेत गराउने, लागुऔषध दुव्र्यसनका कारण, प्रभाव, रोकथाम तथा न्यूनीकरणका उपायबारे जानकारी तथा छलफल गर्ने, युवाहरूलाई सचेत, स्वस्थ, जिम्मेवार र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्ने, युवा पुस्तालाई आफ्नो परिवार, समुदाय र समाजको सकारात्मक रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रोत्साहित गर्ने उदेश्यले संचालिक सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षकले मुख्य सत्र सञ्चालन गर्नुभएको थियो । सो सत्रमा लागुऔषध प्रयोगका प्रमुख कारणहरू, यसको शारीरिक तथा मनोसामाजिक असर, शिक्षा तथा पारिवारिक जीवनमा पर्ने प्रभाव, कानुनी परिणाम, रोकथामका उपाय तथा उपलब्ध सहयोग र सेवाका विषयमा जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमले विद्यार्थी तथा युवाहरूमा लागुऔषध दुव्र्यसनका जोखिम र यसका दीर्घकालीन असरबारे सचेतना अभिवृद्धि गर्दै सकारात्मक, स्वस्थ र जिम्मेवार जीवनशैली अपनाउन उत्प्रेरित गरेको छ । साथै, बालबालिका तथा युवासँग सम्बन्धित चुनौतीहरू समाधान गर्न स्थानीय सरकार, विद्यालय, सुरक्षा निकाय, परिवार, समुदाय तथा नागरिक समाज संस्थाबीचको सहकार्य र सामूहिक जिम्मेवारी अझ महत्वपूर्ण हुने सन्देशसमेत प्रवाह गरेको छ ।

सहभागीहरूले बालबालिका तथा युवाका लागि सुरक्षित, सहयोगी, समावेशी तथा लागुऔषधमुक्त वातावरण निर्माण गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । समापन मन्तव्य व्यक्त गर्दै नगर प्रमुख भाट तथा अन्य प्रतिनिधिहरूले युवाहरू विकासका लाभग्राही मात्र नभई विकास र सामाजिक रूपान्तरणका महत्वपूर्ण साझेदार तथा परिवर्तनका संवाहक भएकोले उनिहरुलाई लागु औषधको कुलतबाट जोगाउनुपर्नेमा जोड दिनुभयो । सो कार्यक्रमले युवाहरूलाई आफ्नो ज्ञान, सीप, सिर्जनशीलता तथा नेतृत्व क्षमताको सदुपयोग गर्दै लागुऔषध दुव्र्यसन, मानव बेचबिखन तथा अन्य बाल संरक्षणसम्बन्धी चुनौतीहरू समाधान गर्न अग्रसर हुन प्रेरित गरिएको थियो ।

Next Post

De Voornaamste Progressieve Jackpots bij Registratie Casino

२०८३ श्रावण ३१, आईतवार १६:२१
Er gaat niets boven de opwinding van een progressieve jackpot die met elke seconde groeit. Bij Registratie Casino draait alles om die enige draai die een doorsnee avond kan veranderen in een levensveranderend moment. Wij leiden je in een wereld waar jackpots niet stilstaan, maar continu worden aangevuld door spelers […]